×

उत्तरगया गा.पा ले निकाल्यो क्वारेन्टाईन अनुगमनको प्रतिवेदन वास्तविकता यस्तो


१७ भाद्र २०७७, बुधबार

लाङटाङ खबर,

रसुवा -उत्तरगया गाउँपालिकाले क्वारेटाईन अनुगमनको प्रतिवेदन सार्वजनिक गरेको छ । क्वारेन्टाईनबारे आएको आलोचनालाई मध्यनजर गर्दै गाउँपालिकाले अनुगमन गरेको थियो । 

गाउँपालिका भित्र रहेको क्वारेन्टाईन अव्यवस्थित भएको भन्दै सामाजिक सञ्जालमा आउन थालेपछि गाउँपालिक अध्यक्षले १ हप्ताभित्र प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका थिए । गाउँपालिका उपाध्यक्ष सहित ८ जना पदाधिकारी रहेको समितिले भदौ १७ गते गाउँपालिका अध्यक्ष समक्ष बुधबार प्रतिवेदन बुझाएको हो । गाउँपालिकाले ५ वटै वडामा रहेको क्वारेन्टाईनको अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन खड्काले जानकारी दिएका ।क्वारेन्टाईन व्यवस्थापनमा गाउँपालिकाले आवश्यकताभन्दा बढी खर्च गरेको भन्दै निराधार प्रचार भएकोले क्वाईन्टाईन अनुगमन गरीएको अधिकृत खड्काले बताए । उनका अनुसार र खर्च अनुरुप क्वारेन्टाईन व्यवस्थित नभएको भन्दै चौतर्फी आलोचना भएपछि प्रतिवेदन मार्फत वास्तविकता प्रस्तुत गर्न खोजिएको हो ।

जनप्रतिनिधिहरुको नाम जोडेरै सामाजिक सञ्जालमा आलोचना हुन  थालेपछि गाउँपालिकाले वास्तविक खर्च विवरण प्रस्तुत गरिएको छ । अधिकृत खड्काका अनुसार गा.पा ले विपद व्यवस्थापन कोषबाट ३७ लाख ७३ हजार बराबरको राहत वितरण गरिएको छ । साथै ५ वटै वडामा क्वारेन्टाईन स्थापनाका लागि १० लाख ६८ हजार बराबरको खर्च भएको छ ।

प्रतिवेदनलाई मध्य नजर गर्दै गाउँपालिकाले क्वारेन्टाईनमा थप सेवा सुविधाको व्यवस्था गर्ने जानकारी गा.प. प्रमुख अधिकृत खड्काले दिए ।

गाउँपालिकाले तयार पारेको प्रतिवेदन :

क्वारेन्टाईन अध्ययन तथा अनुगमन प्रतिवेदन

Lantang khabar

Bhawana Lama -Kathamandu

सम्बन्धित खवर