×

स्मार्ट लाईसेन्स वितरण अब मंसिरबाट


लाङटाङखबर/काठमाडौं- वाग्मती प्रदेश यातायात सेवा कार्यालयले मंसिरबाट सवारी चालकको नयाँ अनुमति पत्र (स्मार्ट कार्ड) बितरण गर्ने भएको छ । मंसिर पहिलो हप्ताबाट वाग्मती प्रदेशको राजधानी हेटौंडाबाटै नियमित स्मार्ट कार्ड वितरण गर्ने तयारी रहेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले जनाएको छ ।

साउनको पहिलो हप्तादेखि असोज २२ गते अपरान्हसम्ममा १२ हजार ५ सय ४५ अनुमति पत्र वितरण गरेको प्रदेश यातायात कार्यालयले जनाएको छ । कार्यालयले विभिन्न जील्लाका पुराना तथा नयाँ सेवाग्राहीलाई अनुमति पत्र (स्मार्ट कार्ड) वितरण गरिएको हो ।

कोभिड–१९ को सङ्क्रमणको अवस्थामा बन्दाबन्दी र निषेधाज्ञाको कारणबाट यातायात सवारी साधनको दर्ता, नवीकरण, जाँचपास गर्ने क्रम अवरुद्ध हुँदा जरिवाना लाग्ने जरिवाना बागमती प्रदेश सरकारले अगामी कात्तिक मसान्तसम्म म्याद थप गरी छुट गर्ने निर्णय गरेको प्रदेश यातायात सेवा कार्यालयका प्रमुख भक्तबहादुर थापाले बताए ।

साथै गत भदौ १५ गतेसम्ममा कूल १० हजार २९४ वटा स्मार्ट कार्ड छपाइ गरी ल्याइसकेको कार्यालयले जनाएको छ ।

#स्मार्टकार्ड

सम्बन्धित खवर