×

किवि बाट उत्पादित Princess wine काठमाडौँ बजारमा


लाङटाङखबर/काठमाडौं - माउण्ट एभरेष्ट वाईन प्रा.लिद्धारा किवि फलबाट उत्पादित प्रिन्सेस वाईन बजार आएको छ । सिद्धार्थ कटेच तिनकुने, काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बजारमा प्रिन्सेस वाईनको बिक्रि बितरण शुरु भएको बारे कम्पनीका अध्यक्ष बिस्नु बास्तोलाले जानकारी दिएका छन् ।

उक्त कार्यक्रम मार्फत अध्यक्ष बास्तोलाले प्रिन्सेस वाईन बजारमा आएको बारे मदिरा महासंघकालाई समेत जानकारी गराए । साथै मदिरा महासंघको भवन निर्माणमा सहयोग स्वरुप अध्यक्ष बास्तोलाले मदिरा महासंघका अध्यक्ष सोनाम शेर्पालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । किविबाट उत्पादित वाईन नेपाली बजारमा बिक्रि बितरण भैरहेको छ । साथै प्रिन्सेस वाईनले वाईन पारखीहरुको मन जीत्न सफल हुने अध्यक्ष बास्तोलाको भनाई छ । 

किविलाई फलहरुको राजा भनेर चिनिने गर्दछ । यस अर्थमा पनि वाईन पारखीहरुले यो वाईनलाई मन पराउने बास्तोला बताउँछन् । स्वास्थ्यको हिसावले पनि फाईदजनक र फरक स्वाद रहेकोले प्रिन्सेस वाईनलाई नेपाली बजार मात्रै नभई विश्व बजारमा समेत रुचाउनेमा आफू र आफ्नो कम्पनि ढुक्क रहेको उनले बताए ।

#Princess #wine

 

सम्बन्धित खवर