×

लाङटाङ क्षेत्रको होटल आईतबारदेखि सञ्चालनमा


रसुवाको लाङटाङ पर्यटकिय क्षेत्रमा रहेको होटलहरु आईतबारदेखि सञ्चालनमा आएको छ । कोभिड १९ को संक्रमण बढेसँगै बन्द रहेको पर्यटकिय क्षेत्र लाङटाङका सबै होटलहरु बन्द रहेको थियो ।

गत कार्तिक १८ गतेदेखि बन्द रहेको लाङटाङ क्षेत्रका सबै होटल मंसिर ७ गतेबाट सञ्चालनमा आएको हो । गोसाईकुण्ड गाउँपालिका ४ लाङटाङका सबै होटलहरु सञ्चालनमा आएको वडा न ४ का वडा .अध्यक्ष सुप्पा लामाको भनाई छ । जिल्लामा कोरोना संक्रमण घटेसँगै होटलहरु खुलेपछि पर्यटकहरु ढुक्कसाथ लाङटाङ घुम्न आउनेमा उनी विश्वस्त छन् ।

होटल व्यवसाय खुलेसँगै पर्यटकको स्वागतका लागि आफूहरु तयार रहेको होटल व्यवसायीहरु बताउँछन् । पर्यटकको आगमनको समयमा होटल बन्द गर्नुपर्दा आम्दानीमा असर परेको समेत उनीहरुको भनाई छ ।

काठमाडौंबाट नजिक पर्ने भएकोले पनि लाङटाङ क्षेत्रअधिकांस पर्यटकहरुको रोजाईमा पर्ने गर्दछन् । लाङटाङ क्षेत्रमा थुप्रै हिमालय पर्वतसँगै रमणीय स्थलहरु रहेका छन् । चेरकोरी, क्यान्जिन री, लाङसिसा, लाङटाङ ग्लासियर र याला पिक चढ्न पर्यटकहरु जाने गर्दछन् ।

#लाङटाङ

 

सम्बन्धित खवर