×

चलचित्र 'अभिनय' को ९० प्रतिशत छायांकन सम्पन्न


चैत २९ , लाङटाङखबर/रसुवा- यतिबेला नेपाली चलचित्र 'अभियान'को छायांकन धमाधम भइरहेको छ । लगभग ९०% प्रतिशत छायांकन सम्पन्न भएको निर्देशक लाखमान योन्जनले जानकारी दिएका छन् ।

करिव ९०% प्रतिशत सुटिङको छायांकन सकिएको छ। केही दिनको धनकुटा बसाई पछी बाकी केही अंश काभ्रेको तेमल ,रसुवाको गोल्जुङ, त्रिशुली ककनीको रुम्बा राजा दरबार (स्मृति) स्थित छायांकन गर्ने तयारी रहेको निर्देशक योन्जनको भनाई यो छ। काभ्रे सँगै रसुवा तथा इलामको बौद्ध धाममा पनि चलचित्रको छायांकन हुने निर्देशक टोली को भनाई छ।

यस 'अभियान' चलचित्रको मुख्य भुमिकामा भने दावा फिन्जो तामाङ, स्याङ्तान स्यामु, रस्मिला तामाङ,लामा अमर, जय नन्द लामा, दिनेश लामा,राजेस लेप्चा ,रितेश जंग खत्री , दिनेश कोइराला लगायत रहेका छन् ।  यस चलचित्र भने ऎतिहासिक तामाङ थातथलो किपटको कथामा निर्माण भएको हो।

सुमन योन्जनको छायांकन रहेको चलचित्रमा निर्देशन भने लाखमान योन्जनकै रहेको छ। साथै सृङगार भने करुणा लिम्बुको रहेको छ ।

सम्बन्धित खवर