×

बुद्ध जयन्तीको अवसरमा मिस तामाङ वर्ल्ड प्रतियोगिता हुने


बैशाख ६, काठमाडौं - साधना कला केन्द्रको अयोजनामा मिस तामाङ वर्ल्ड प्रतियोगिता हुने भएको छ । जेठ १२, बुद्ध जयन्तीको अवसर पारि लुम्बिनी प्रतियोगिता गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले बताए ।

तामाङ जातिको धर्म, कला, संस्कृति, भाषा, वेशभूषा, बाजा, रीतिरिवाजलाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो निर्देशक मोक्तानको भनाइ छ। विगतमा मिस तामाङ प्रतियोगिता हुँदै आएको छ, । यसपटकबाट भने संसारभरिका तामाङ युवतीको प्रतिनिधित्व गराउनका लागि मिस तामाङ वर्ल्ड गर्न लागेको उनले बताए ।

मिस तामाङ वर्ल्ड विजेतालाई विश्वभरिकै मिस तामाङ सुन्दरी मानिनेछ । प्रतियोगितामा सहभागीका लागि तामाङ जातिको १६ देखि २८ वर्ष उमेर समूह, कम्तीमा दश जोड उत्तीर्ण, पाँच फिट उचाइ हुनुपर्ने उल्लेख छ । प्रतियोगिताका लागि यही वैशाख १५ गतेसम्म अनलाइन फाराम आवेदन माग गरिएको छ । सन् २००६ देखि मिस तामाङ प्रतियोगिता हुँदै आइरहेको छ । सन् २००६ मा मिस तामाङ भएकी जेनिशा मोक्तान सन् २००९ मा मिस नेपाल भएकी थिइन् ।

सम्बन्धित खवर