×

भारतमा विहिबार कोरोनाबाट १ हजार ६०६ जनाको मृत्यु


बैशाख ९, लाङटाङखबर/काठमाडौं - ​विहिबार भारतमा कोरोना संक्रमणका कारण १ हजार ६०६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८६ हजार २७८ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा २ लाख ७५ हजार ६४४ जना कोरोनाबाट संक्रमित भएका छन् । विहिबार थपिएका संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ६२ लाख ४५० जना पुगेको छ । तीमध्ये १ करोड ३५ लाख ९७ हजार ४८४ जना निको भएका छन् ।

हाल भारतमा २४ लाख १६ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाको अवस्था भने नाजुक रहेको छ ।

सम्बन्धित खवर