×

नव उदयमान गायक मानबहादुरको कोभिड सम्बन्धि गीतको भिडियो सार्वजनिक


बैशाख २९, लाङटाङखबर/काठमाडौं - साँगीतिक क्षेत्रमा उदाउँदै गरेका नव गायक मानबहादुर तामाङको 'अन्तिम सन्देश' गीतको भिडियो सार्वजनिक भएको छ । 'अन्तिम सन्देश' बोलको गीत विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिडको बारेमा आधारित रहेको छ ।

तामाङ नेपाल चीन केरुङ व्यापार संघका अध्यक्ष पनि हुन् । २०७४ मा राष्ट्रिय संगीतकर्मी संघ रसुवाको वरिष्ठ सल्लाहकारबाट उनले आफ्नो साँगीतिक यात्रा सुरु गरेका थिए । २०७७ मा भने उनले राष्ट्रिय संगीतकर्मी संघ वाग्मति प्रदेशको महासचिवको पदभार सम्हालेका थिए ।

यस गीतमा स्वर भने लक्ष्मी तामाङ र मानबहादुर तामाङकै रहेको छ । साथै भिडियोमा भने अलिना रायमाझी र कृष्ण खड्काको अभिनय रहेको छ । वर्तमान विश्वमा कोरोना भाइरसले निम्त्याएको दर्दनाक अवस्थालाई यस गीतले उजागर गर्न खोजेको छ । कोरोना भाइरसको संक्रमण भएपछिको पिडालाई गायकले शब्द मार्फत सचित्र बयान गरेका छन् ।

सम्बन्धित खवर