×

म्यानमार सेनाद्धारा सुकीबरुद्ध गम्भीर आरोपमा मुद्धा दायर


जेठ २८, म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सुकीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । सूकीको दल नेशनल लिग फर डेमोक्रेसीले भने सुकीलाई फसाउन लगाइएको गम्भीर झुटो आरोप भनेको छ ।

सैनिक प्रशासनले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सुकीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको छ । यो आरोपमा सुकी दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुनसक्नेछ। यस बाहेक सुचीमाथि अवैध रूपले सञ्चार सेट आयात गर्ने र सार्वजनिक अशान्ति पैदा गरेको आरोपमा पनि मुद्दा दर्ता गरिएको छ ।

फेब्रुअरी १ मा सैन्य प्रशासनले सत्ताको बागडोर सम्हालेपछि सुकीलाई पक्राउ गरिएको थियो । त्यसयता नजरबन्दमा राखिएकी सूची अदालतमा अत्यन्त कम उपस्थित गराइएकी छन् । उनको दलका दर्जनौं नेता तथा कार्यकर्तालाई पनि विभिन्न आरोपमा पक्राउ गरिएको छ । म्यानमारमा सेनाले सत्ताको बागडोर सम्हालेसँगै भएका प्रदर्शनमा सुकीलाई सघाएको आरोपमा सयौं नागरिकको हत्या गरिएको छ । एजेन्सी

सम्बन्धित खवर