×

असार १७ देखि आन्तरिक उडान सञ्चालन हुने


असार ९, काठमाडौं - मुलुकको आन्तरिक हवाई उडान असार १७ देखि सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेसँगै पर्यटन मन्त्रालयले नियामक आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

साथै मन्त्रालयले अन्तरराष्ट्रिय उडानतर्फ पनि तोकिएको गन्तव्यमा बिहिबारदेखिनै उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन क्यानलाई निर्देशन दिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ ।

सम्बन्धित खवर