×

एकैदिन २ हजारमा सङ्क्रमण, ५ हजार निको


असार १२, काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ८१० परीक्षणमा २ हजार १६ जनामा सङ्क्रमण देखिएको हो । आज थपिएका संक्रमितसँगै नेपालमा कूल ६ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत रहेको छ ।

यसैगरी सङ्क्रमण मुक्त भई आज ४ हजार ९१४ जना घर फर्किएका छन् । योसँगै कूल ५ लाख ८१ हजार ३२७ जना निको भएका छन् । नेपालमा निको हुने दर ९१.९ प्रतिशत पुगेको छ ।

 यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको सङ्क्रमणका कारणले निधन भएको छ । कोरोना सङ्क्रमणका कारण८ हजार ९७५ जनाको निधन भएको छ । नेपालमा प्रतिदश लाखमा ३०२.६ जनाको निधन भएको छ ।

 यसैगरी सङ्क्रमितमध्ये ७३४ जना सघन उपचार कक्ष (आइसियु) र २२२ जना भेन्टिलेटरमा रहेका छन् । आइसियुमा प्रदेश नं १ मा १४५ जना, प्रदेश नं २ मा २४,  वाग्मतीमा ४०५, गण्डकीमा ७७, लुम्बिनीमा ६०, कर्णाली प्रदेशमा १४ र सूदुरपश्चिम प्रदेशमा नौ रहेका छन् ।

 भेन्टिलेटरमा प्रदेश नं १ मा ४२, प्रदेश नं २ मा एक, वाग्मतीमा १४१, गण्डकीमा १८, लुम्बिनीमा १४, कर्णालीमा दुई र सूदुरपश्चिममा चार रहेका छन् । होम आइसोलेशनमा ३९ हजार १९९ जना र संस्थागत आइसोलेशनमा दुई हजार ८२५ जना रहेका छन् ।

सम्बन्धित खवर