×

हेलम्बुका बाढी प्रभावितलाई एनआरएनए जापानको आर्थिक सहयोग


असार १३, काठमाडौं - हेलम्बु गाउँपालिकालाई गैरआवासीय नेपाली सङ्घ जापान तोचिगि क्षेत्रीय समितिले रु एक लाख ११ हजार १११ रकम सहयोग गरेको छ । सो रकम हेलम्बुको राहत तथा पुनःस्थापना कोषमा जम्मा गरिएको समितिका संयोजक मन्दीप क्षेत्रीले बताए ।

असार १ आएको बाढीबाट प्रभावित भएका हेलम्बुबासीलाई यस सहयोगले केहि राहत पुग्ने समितिको विश्वास रहेको छ । समितिले प्रकोपबाट मृत्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्दै र घाइते भएकाको शीघ्र स्वास्थ लाभको कामनासमेत गरेको छ ।

असार १ को इन्द्रावती तथा मेलम्ची खोलाको बाढीले ५ जनाको मृत्यु भएको छ भने ४०० भन्दा धेरै घर परिवार विस्थापित भएका छन् ।

सम्बन्धित खवर