×

नियुक्तिको भाषा विवादबारे प्रधानमन्त्री देउवा छलफलमा, शपथमा ढिलाइ


लाङटाङखबर काठमाडौं  : देउवालाई सर्वोच्च अदालतको परमादेशअनुसार नियुक्त गरिएको भनेर राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गरेको थियो ।प्रधानमन्त्री देउवाको शपथ कार्यक्रम ६ बजे तय भएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका थिए ।तर, प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा उल्लेख नगरी सर्वोच्चको परमादेशअनुसार भनेर लेखिएको व्यहोरा सच्याउनुपर्ने माग देउवाले गरेपछि शपथ हुन नसकेको हो ।राष्ट्रपति कार्यालयले नियुक्ति पत्र सच्याएर शपथ गराउने तयारी गरिरहेको  जानकारी दिएको छ ।

शपथलाई लिएर विवाद भएपछि प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता देवप्रसाद गुरुङ छलफलमा रहेका छन् ।उनीहरूले शपथ ग्रहणको विषयमा उत्पन्न विवाद समाधानबारे छलफल गरिरहेको बताइएको छ ।

सम्बन्धित खवर