×

ओली सरकार ढलेसँगै अलपत्रमा परे उनले ल्याएका विकास र आयोजनाका कार्यक्रम


साउन १, लाङटाङखबर काठमाडौं - चालु आर्थिक वर्षको बजेटमा निवर्तमान प्र्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै  मातहतमा रहेको कार्यक्रमहरुमा लक्ष्य अनुरुप प्रगती हुन नसक्दा विवादमा परेको छ ।

आगामी आर्थिक वर्ष २०७८, ०७९ को बजेटमा प्रधानमन्त्रीको मातहतमा रहेको कार्यक्रमहरुमा बजेट बढाइएको  छ । आगामी आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब रुपैयाँ बजेट बिनियोजन गरिएको छ । प्रधानमन्त्री  रोजगार कार्यक्रममा २  लाख व्यक्तिलाई थप रोजगार उपलब्ध गराइने भनिएको छ ।

त्यसैगरि व्यवसायीक कृषिको विकास गर्ने भनेर प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका लागि ७ अर्ब बजेट बिनियोजन गरिएको छ । प्रधानमन्त्री  कृषि आधुनिकिकरण कार्यक्रम र युवा रोजगार कार्यक्रम लक्षित वर्गमा पुग्न नसकेको भन्दै विवादमा परेका छन् । यसैगरी राष्ट्रपति शैक्षिक सुधारका लागि १० अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । प्रधानमन्त्री  र राष्ट्रपतिको नाममा राखिने कार्यक्रमहरु आ आफ्नो कार्यकता तथा आफ्नो मानिसलाई जागिर खुवाउने काम भएको जानकारहरुले टिप्पणी  गरेका छन् ।

निवर्तमान प्रधानमन्त्री  केपी  ओलीले आफ्नो प्रत्येक्ष मातहातमा रहने गरी  राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण कार्यक्रम राख्दा कार्यक्रको लक्ष्य र औचित्य विवादमा परे । रावश्व र सम्पत्ति शुद्धिकरण विभाग निश्क्रिय रहे । उनीहरुले गर्ने काम कमजोर भयो । प्रधानमन्त्री  आफैले संवेदनशील कार्यक्रम राख्दा भ्रष्टाचार र अनियमितता  बढ्ने आशंका अर्थविदहरुले गरेका छन् ।

ओली नेतृत्वको सरकारले आर्थिक विकास र पूर्वाधारको कार्यक्रम र योजनालाई प्राथमिकता दिएको तर्क योजना आयोगका निवर्तमान उपाध्यक्ष डा पुष्प कँडेल राख्दछन् । बजेटमा प्रधानमन्त्रीको मातहतमा ठूला कार्यक्रम र परियोजनाहरु राख्ने तर लक्षीत वर्गसम्म भने कार्यक्रमहरु पुग्न सकेनन् । यसले प्रधानमन्त्रीको तहका कार्यक्रम र योजनाले प्रधानमन्त्री तथा राष्ट्रपतिको महत्व घटाएको छ ।

सम्बन्धित खवर

क्यानाडामा १८ पाङ्ग्रे ट्रक चलाउदै पहिलो [...]

सिन्धुपाल्चोकको हेलम्बु –६ चालिसेका बाढी [...]

आफ्नै बुबा र हजुरबुबावाट बलात्कृत एक कन्याको [...]

हेर्नै पर्ने भिडियो थाङ्का र गलैँचा बुन्ने [...]

प्रतिनिधिसभामा रेल्वे अध्यादेश लगायत कुनकुन [...]

प्रधानमन्त्री देउवाले पाएको मतले पटक पटक संसद [...]

प्रधानमन्त्री देउवाको पोल्टामा विश्वासको मत

सरकारले तोकेको पोशाक मापदण्ड लत्याउँदै शपथ [...]

वडा सचिवको कोठाबाट सामाजिक सुरक्षा भत्ताको रु [...]

उपत्यकामा निषेधाज्ञा साउन १० सम्म लम्ब्याइयो, [...]

पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ [...]

बालकोट पुगेर ओलीले भने, माधव नेपाललाई पार्टीमा [...]