×

सरकारले तोकेको पोशाक मापदण्ड लत्याउँदै शपथ ग्रहणमा सरिक भएका दुइ मन्त्री


साउन १, लाङटाङखबर/काठमाडौं - मंगलबार बेलुकी नयाँ चुनिएका मन्त्रीहरुले पदभार सम्हालेसँगै शपथ ग्रहण पनि लिएका छन् । शपथ ग्रहण समारोहमा लगाइएका पोशाक बारे थुप्रै  चर्चा चलिरहेको अवस्था छ । यस अघि निवर्तमान प्रधानमन्त्री केपी  शर्मा  ओलीले शपथ लिँदै गर्दा  प्रयोग गरिएको भाषालाई  लिएर निक्कै विरोध भएको थियो ।

शपथ ग्रहणको क्रममा माननीय मन्त्री पम्फा भूषाल र जनार्दन शर्माले लगाएको पहिरणबारे निक्कै चर्चा चलेको छ । कुनै पनि औपचारिक कार्यक्रम तथा  कुटनैतिक भेटघाटको क्रममा जाँदै गर्दा सोही अनुरुपमो डे«सकोड लगाउने प्रचलन रहेको छ ।

प्रधानमन्त्रीका रुपमा केपी ओलीलले संविधान  मिचे, ऐन कानून मिचे भन्दै उनलाई पदबाट हटाइयो । ओलीलाई ३ वर्षसम्म कानूनको पाठ सिकाउने मन्त्रीहरुले  शपथ ग्रहणकै क्रममा मर्यादा विपरितका पोशाक लगाएर उपस्थित भए  । उर्जा मन्त्रालयको जिम्मेवारी पाएकी  पम्फ भूषालले कोट पाइन्ट र बुट्टे टिसर्ट लगाए उपस्थित भएकी थिइन् । अर्थ मन्त्रालयको जीम्मेवारी सम्हालेका जनार्दन शर्माले बुट्टे टोपी, कोट खुल्ला छाडेका थिए भने लेस बिनाको जुत्ता लगाएका थिए ।

शपथ सम्बनि अध्यादेशले शपथ लिन जाने क्रममा सरकारले तोकेको औपचारिक पोशाक लगाउनुपर्ने उल्लेख गरिएको छ । यदि सपथ लिने मान्छेले आफ्नो संस्कृति, परम्परा वा पहिचान झल्काउने मर्यादित पोशाक लगाउन चाहन्छ भने त्यसलाई पनि छुट दिइएको छ । तर मन्त्रीहरु पम्फा भूषाल र जनार्दन शर्माले भने न त अध्यादेशमा जारी भए अनुरुप सरकारले तोकेको पोशाक लगाएका थिए, न त संस्कार, संस्कृति झल्किने खालको  पोषक नै लगाएका थिए  ।

औपचारिक पोशाकका सम्बन्धमा विभूषण सिफारिस कार्यविधि एवम प्रधान सम्पत्ति कार्यविधि २०७५  को अनुसूचि २  मा स्पष्ट पारिएको छ । विभूषण लिन जाँदा   मात्र नभइ जुनसुकै समारोहका लागि पनि राष्ट्रिय पोशाकको मापदण्ड एउटै रहेको छ । सरकारले तोकेको राष्ट्रिय पोशाकमा खैरो वा कालो रङको कोट, सेतो रंगको दौरा सुरुवाल, कालो रंगको भादगाउँले टोपी र कालो रंगको छालाको जुत्ता रहेको छ । महिलाको हकमा कालो रंगको कोट, जुनसुकै शैलीको सारी चोलो र जुत्ता सहितको पोशाक अनिवार्य रहेको छ । यदि यो खाले पोशाक लगाउने इच्छा नभएकाले  आफ्नो जातको पोशाक लगाउन पाउँछन् ।

सम्बन्धित खवर