×

प्रधानमन्त्री देउवाको पोल्टामा विश्वासको मत


साउन ३, लाङटाङखबर/काठमाडौं  - सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन् । आइतवारको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत पाएका हुन् ।

देउवालाइ नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका हुन् । एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उनले सजिलै विश्वासको मत प्राप्त गरेका हुन् । असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

पाँच दलीय गठबन्धनका माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थन पाएपछि देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गरेका थिए । अबको प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ । यो समय सकेपछि देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचन गराएर विदा हुनेछन् ।

सम्बन्धित खवर

क्यानाडामा १८ पाङ्ग्रे ट्रक चलाउदै पहिलो [...]

सिन्धुपाल्चोकको हेलम्बु –६ चालिसेका बाढी [...]

आफ्नै बुबा र हजुरबुबावाट बलात्कृत एक कन्याको [...]

हेर्नै पर्ने भिडियो थाङ्का र गलैँचा बुन्ने [...]

प्रतिनिधिसभामा रेल्वे अध्यादेश लगायत कुनकुन [...]

प्रधानमन्त्री देउवाले पाएको मतले पटक पटक संसद [...]

सरकारले तोकेको पोशाक मापदण्ड लत्याउँदै शपथ [...]

ओली सरकार ढलेसँगै अलपत्रमा परे उनले ल्याएका [...]

वडा सचिवको कोठाबाट सामाजिक सुरक्षा भत्ताको रु [...]

उपत्यकामा निषेधाज्ञा साउन १० सम्म लम्ब्याइयो, [...]

पेट्रोलियम पदार्थको मूल्य घट्यो, यस्तो छ नयाँ [...]

बालकोट पुगेर ओलीले भने, माधव नेपाललाई पार्टीमा [...]