×

हेर्नै पर्ने भिडियो थाङ्का र गलैँचा बुन्ने मजदुर बिचको प्रेम कथामा भिडियो सहित |


 ९ श्रावण २०७८, शनिबार, लाङटाङ खबर

HEM BOMJAN ,भक्तपुर : लामो समय लकडाउन भए पछि एक गर्दै अर्को गीत संगीतहरु बजारमा आउन थालेको छ ,यसै बिचमा तामाङ समुदायमा पछिल्लो समय चर्चा कमाउन सफल गायक तथा संगीतकार अबिसेक तामाङ्को प्रेम गीत ङाइ लाबा माया बजारमा सार्बजनिक भएको छ । संचारकर्मी हेम बोम्जनको शब्दमा तयार पारिएको गीतलाइ निर्मला घिसिङ र स्यमय गायक अबिसेक तामाङको स्वर सुन्न सक्नु हुने छ,यसगीतमा संगीत समायोजन भने वाङ्च्यु फ्युवाले गर्नुभएको हो,भने मिक्सिङ किस्वर थापाको रहेको छ ,कलाकारीतामा आफुलाइ अब्बल साबित गरिसक्नु भएको मोडल याङ्कि दोङ र रियाज लामाको दमदार अभिनय रहेको ।

भिडियो

गीतमा कथा उत्कृष्ट पक्ष रहेको छ= कथा समसामयिक बिषय र यथार्थमा आधारित देखिएको छ एउटा थाङ्का लेखक र अर्को गलैँचा बुनेर आफ्नो दैनिकी टार्ने मजदुरकोकथामा निर्माण गरिएको छ,जहा आफ्नो माया सफल पारि गलैँचा मजदुर गरि रहेको आफ्नो प्रेमीलाइ भगाएर आफ्नो घरमा लगिएको देखिन्छ ,यो सारमा भोडियो उत्कृष्ट देखिन्छ यस्तै उत्कृष्ट कथालाइ युवा निर्देशक प्रतीक ङ्यासुरले निर्देशन गरिएको हो भने क्यामेरा र इडिट बिबेक लामाको रहेको छ ।

सम्बन्धित खवर