×

आफ्नै बुबा र हजुरबुबावाट बलात्कृत एक कन्याको वास्तविक कथा


जन्मथलो काभ्रेकी तारा (परिवर्तित नाम) आफ्नै  बाउ र बाजेबाट बलात्कृत भएकी थिइन् । बाउले ४ श्रीमती विवाह गरेका थिए । जसमध्ये दोसा्रे श्रीमतीको जेठो सन्तानको रुपमा ताराको जन्म भएको थियो । उनले जन्म त लिइन् तर जीवनमा कहिल्यै  पनि सुख र खुशीको अनुभू ितगर्न पाइनन् । वास्तविक परिवारको माया के हो  सम्म उनले अनुभव गर्न पाइनन् ।

तारा जब नौ वर्षकी  भइन् । आफ्नै हजुरबा बाट बलात्कृत भइन् । त्यो  पनि ३ पटक सम्म । त्यो समय उनलाइ आफू बलात्कृत भएको भन्ने कुरा समेत थाहा थिएन । हजुरबाट बलात्कृत हुदै  गर्दा उनलाइ नराम्रो लाग्थ्यो, पिडा हुन्थ्यो शारीरिक दुखाइ हुन्थ्यो तर आफू बलात्कृत हुदैछु भन्ने कुरा उनलाइ थाहा थिएन । त्यतिबेला उनले आफ्नी  आमालाइ त्यो कुरा सुनाएकी  थिइन् ।   छोरीको कुरा सुनेपछि आमाले केही समय दुखी  भएको  आभाष पनि दिलाइन् । तर छोरी मान्छे भएकोले यस्ता कुरा सहेर बस्नु पर्ने, चुप लागेर बस्नुपर्छ भन्दै अरुलाइृ नभन्न आग्रह गरिन् । हजुरबाको हेराइ र गाली गराइले उनलाई डर लाग्थ्यो । कतै अरु मान्छेलाइ भन्छे कि भन्ने डर पनि थियो हजुरबालाइ । हजुरबाबाट यस्तोे भएपनि आफ्नो बुबाले साथ दिन्छ भन्ने उनलाइ लाग्थ्यो । जो शिक्षित थिए । विदेशमा भएका उनका बुबा घर आएपछि उनले आफ्नो बुबालाइ ती कुरा भनिन् । जुन समय उनी  १४ वर्षकी थिइन्  ।

आफ्नो दुखको कुरा जन्म दिने बुबालाइ  भन्न पाउने भएपछि उनी खुशी  भएकी  थिइन् । उनले कुरा राखेपछि यस्तो हुन सक्दैन भने । अन्तमा ताराले यो साँचो कुरा नै हो भनेपछि बुबाले एउटा सर्र्त राखे । साँच्चै  नै  हजुरबाले त्यस्तो गरेको हो भने एकचोटी  चेक गर्न दिनुपर्छ अनि थाहा हुन्छ भने । त्यो भन्दै गर्दा उनको बुबाको  हाउभाउ बद्लिन थाल्यो । हजुरबाले पनि त्यस्तै व्यवहार देखाउने भएकोले कतै आफू फेरी बलात्कृत हुने हो कि भन्ने शंका गरिन र बुबाको कोठाबाट जान खोजीन् ।

ताराले कोठाबाट जान खोजेपछि उनको बुबाले त्यस्तो केही हुदैन । विदेशतिर  यस्तो चल्छ, भन्दै सम्झाउन थाले । जबरजस्ती नै तारालाइ उनको बुबाले बलात्कार गरे  । जुन पल सम्झदा उनी  अहिले पनि  शरिरभरी काँडा उम्रन्छ । डर लाग्छ उनलाइ । तारा चिच्याउन थालेपछि बुबाले अन्डरवेयर मुखमा कोच्याइदिए र बलात्कार गरे । डाको छाडेर रुन पनि सकिनन् त्यत्तिखेर उनी भित्रभित्रै रोइन् । भोलिपल्ट उनले आमालाइ सुनाउदा झन उल्टै मेरो घर बिगार्न लागिस् भनेर पिटिन् ।

त्यस दिनदेखिको २ वर्ष उनले नरकिय जीवन बिताउन बाध्य भइन । एउटा पेन्सिल किन्ने पैसा माग्दा समेत पहिले यौन सम्पर्क गर्न दे अनि मात्र पैसा दिन्छु भन्ने सर्त राख्न थाले उनका बुबाले । कलेज भर्ना गर्नका लागि पैसा माग्दा होटलमा आउन भनेपछि उनी गइनन्  । बेलुकी अर्कै कारण बनाएर मर्ने गरि कुट्थ्यो । एक हप्तासम्म खाना खान दिदैनथे उनकी आमा र बुबाले । आमाले पनि उनलाई साथ दिदैन थिइन् । यत्ति सम्म कि पिरेड भएको समयमा पनि उनको बुबाले शारिरि सम्बन्ध राख्थे ।

यस्तो अवस्था भएपछि उनले आत्मा हत्या गर्ने निर्णय गरिन् र विष सेवन गरिन् । तर पनि उनी बाँचे । उनलाइृ बचाउने भने रक्षा नेपाल  र प्रहरीले गरेको थियो । अहिले उनी रक्षा नेपालको अन्डरमा बसेर वास्तविक जीवन बाँचिरहेकी छिन् । बुबालाइ १८ वर्षको जेल सजाय भएको छ ।

लामो समयसम्म उनी मानसिक रोगको सिकार भएकी  थिइन् । तर हालभने उनको अवस्था साधारण रहेको छ ।

सम्बन्धित खवर