×

सिन्धुपाल्चोकको हेलम्बु –६ चालिसेका बाढी पिडितलाई आर्थिक सहयोग


काठमाडौं । साउन १३ गते
नेपालमा मनसुनको शुरुवात सँगै सिन्धुपाल्चोक जिल्लामा बाढी र पहिरो आउँदा ठुला धन,जनको क्षेती भएको छ । त्यहाँका बाढी पिडितलाई बिभिन्न संघ–संस्थाहरुले आ–आफ्नो तर्फबाट सहयोग गरिरहेको छन् । यसैक्रममा मंगलबार तामाङ समाज नेपालको नेतृत्वमा नेपाल प्रवासी तामाङ समाज कतारको सहयोगमा हेलम्बुका बाढी,पहिरो पिडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।


उक्त सहयोग हेलम्बु –६ चालिसेका बाढी पिडितलाई पदान गरिएको हो । नेपाल प्रवासी तामाङ समाज कतारका पहिलो आजिवन सदस्य तथा तामाङ समाज नेपालका सल्लाहाकार कुमार मोक्ताङ तामाङ, नेपाल प्रवासी तामाङ समाज कतारका मानार्थ सदस्य गणेह अधिकारी, तामाङ समाज नेपालका अध्यक्ष रोशन दोङ तामाङ, उपाअध्यक्ष सञ्जय वाईबा, सचिव कमल योञ्जन तामाङ, सह–सचिव असोक सिङदनको नेतृत्वमा उक्त कार्यक्रम तारुके बेसी (नयाँ बस्ती ) मा मंगलबार सम्पन्न गरिएको छ ।


हेलम्बु –६ चालिसे निवासी सुर्जे तामाङ, बुद्धि तामाङ, धावा तामाङ, अधुकुमार पाध्य, सुमित्रा भण्डारी, गिता पाध्य, च्याङा तामाङ, मोहन भण्डारी, यदुनाथ भण्डारी, सुनिता तामाङलाई १०–१० हजार नगद आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । बाढी र पहिराले गत वर्ष थिल्थिलो बनाएको सिन्धुपाल्चोक जिल्ला र यसपटक पनि मनसुनको शुरुआतमै नराम्ररी क्षति बेहोर्न पुग्यो ।


सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस भयो । हेलम्बु गाउँपालिका– १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएर फुटेपछि ठूलो दुर्घटना हुन पुगेको थियो । सिन्धुपाल्चोकमा बाढीपहिरामा परी पाँच जनाले ज्यान गुमाएका छन् भने २० बेपत्ता छन् भने छ जना घाइते भएका छन् । जिल्लामा ३३८ घर पूर्ण क्षति भएको छ । उक्त जिल्लामा सात पक्की पुल, १४ झोलुङ्गे पुल, १० वटा माछा फार्म र ३२ सरकारी भवन क्षत्विक्षत छ ।

सम्बन्धित खवर