×

कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन


साउन १९, काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई तत्काल कुलमानलाइ नियुक्त गर्न निर्देशन दिएका हुन् । 

एक वर्ष कार्यकाल पुरा भएपछि तत्कालीन ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएका थिए । उनको काम सन्तोषजनक नभएको भन्दै देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो । 

ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमान आउने चर्चा चलिरहेको बेला मंगलबार देउवाले ठाडो निर्देशन दिएका हुन् । 

सम्बन्धित खवर