×

कोरोना संक्रमणबाट एकै दिन ५५ जनाको मृत्यु, सक्रिय संक्रमित ३५ हजार नाघे


लाङ्टाङ खबर 

२४ श्रावण २०७८, आईतवार

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २९ जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६९ हजार २ सय ९९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या  १ हजार ९३ पुगेको छ।पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ७८ जनाको नमुना परीक्षण गरिएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४ सय ८५ रहेको छ ।हाल ८ सय २ जनाको आईसीयु र १ सय ८१ जनाको भेन्टीलेटरमा उपचार भइरहेको छ ।हालसम्म ४४ लाख ९४ हजार २ सय ६९ जनाले कोरोना भाइरसविरुद्धको खोपको एक मात्रा र २४ लाख ९२ हजार १ सय ८२ जनाले पूर्ण खोप लगाइ सकेका छन् ।

सम्बन्धित खवर