×

स्टेप्स फाउन्डेसन नेपालद्धारा पिरियड प्याड र फेस मास्क वितरण


साउन २६, लाङटाङखबर/काठमाडौं - स्टेप्स फाउन्डेसन नेपालले काठमाडौंको तारकेश्वर नगरपालिका, गोलढुङ्गास्थित पिरियड प्याड र फेस मास्क वितरण गरेको छ । बजारमा पाइने सेनिटरी प्याडले महिलाको स्वास्थ्यमा असर पुर्याउने भएको हुँदा कपडाबाट बनेको प्याड वितरण गरिएको फाउन्डेसनका संस्थापक बेनी रानी घलेको भनाइ छ ।

फाउन्डेसनले आफ्नै कार्यालयमा २ सय भन्दा बढी महिलाहरुलाइ पिरियड प्याड   वितरण गरिएको हो । जहाँ विभिन्न उमेर समुहका महिला तथा किशोरीहरु रहेका थिए । मासिक स्रावको समयमा अति आवश्यक पर्ने स्यानिटरी प्याडमा विभिन्न रासायनिक पदार्थ मिश्रण गरिने भएको हुँदा त्यसले पाठेघरको क्यान्सरसम्म गराउने घले बताउँछिन् । यसका साथै बजारमा पाइने प्याड वातावरणीय हिसावले पनि अनुचित रहेको छ । स्वास्थ्यको दृष्टिकोणले हानिकारक रहेको प्याडलाइ  कुहाउन र जलाउन समेत गाह्रो हुन्छ । यी नै कुराहरुलाइ  मध्य नजर गर्दै यस संस्थाले समय समयमा कपडाबाट बनेको प्याड वितरण गर्दै आइरहेको छ  । 


यस फाउन्डेसनले काठमाडौंमा मात्र नभइ धादिङ, सिन्धुपाल्चोक, नुवाकोट एवम तराइका विभिन्न  जील्लामा यस्ता प्याडहरु वितरण गर्दै आइरहेको छ । यस फाउन्डेसनले विगत १५  वर्षदेखि महिला शसक्तिकरणलाइ विशेष प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । हालसम्म आइपुग्दा यस फाउन्डेसनमा १  हजारभन्दा बढी महिलाहरुले सदस्यता लिइसकेका छन् । समाजमा महिलाप्रति  गर्ने दुव्र्यवहार, महिला हिंसा, घरेलु हिंसा, महिला पुरुषबिच गरिने भेदभाव जस्ता विषयमा यस फाउन्डेसनले  आवाज उठाउने र सचेतना जनाउने कार्य गर्दै आइरहेको संस्थापक घलेको भनाइ छ । यसका साथै विभिन्न आपत विपतमा समेत यो फाउन्डेसनले साथ सहयोग तथा राहत  वितरण गर्दै आइरहेको छ । 

सम्बन्धित खवर