×

छोरी सहित ११ दिनदेखि सम्पर्कविहिन भएकी गंगामाया तामाङको खोजीमा प्रशासनको व्यवास्त


भाद्र ७ , लाङटाङखबर/रसुवा - गत साउन २८ गतेदेखि उत्तरगया गाउँपालिका १ गौडाकी गंगामाया तामाङ सम्पर्क विहिन बनेकी छिन् । उनी सहित ५ वर्षकी छोरी समेत हराइरहेकीले खोजी गरिदिन डाडागाउ प्रहरी चौकी र बेत्रावति प्रहरी  चौकीमा उजुरी गरेपनि प्रहरी प्रशासनले वेवास्त गरेको परिवारको भनाइ  छ । 

२८ गतेका दिन ५ वर्षिय छोरीलाइ कपडा किन्न भन्दै गंगा छोरी लिएर बेत्रावति झरेकी थिइन्  । उनी  बेत्रावति झरेको ११  दिन वितिसक्दा पनि आमाछोरीको कुनै  पत्तो लागेको छैन ।  सोही उनका श्रीमान सञ्चराम तामाङ र भजित खुवा बहादुर तामाङ पटक पटक बेत्रावति पुगेर खोजी गरेको थिए ।  आफन्त र साथीभाइकोमा समेत  फेला नपरेपछि श्रीमान सञ्चरामले डाडाँगाउँ प्रहरी र वेत्रावति प्रहरी चौकीमा उजुरी दिएको थिए । 

श्रीमति र छोरी यत्तिका दिनदेखि सम्पर्क विहिन भएकोले सञ्चराम पटक पटक प्रहरी चौकी पुग्ने गरेका छन् । तर प्रहरी  चौकीले भने उल्टै रेडियो एफएम र मिडियामा सूचना देउ भन्दै पन्छिने गरेको उनको भनाइ छ । वडामा समेत श्रीमती   र छोरी हराएको जानकारी गरेपनि कुनै सहयोग नपाएको उनको गुनासो छ । 

सम्बन्धित खवर