×

दिनेश लोको अध्यक्षतामा ज्योमोगाङ घ्याङलेख सामाजिक सेवा नेपालको नयाँ कार्यसमिति चयन


भाद्र ७, लाङटाङखबर/काठमाडौं - सामाजिक सेवा गर्ने उदेश्यले स्थापना गरिएको ज्योमोगाङ घ्याङलेख  सामाजिक सेवा नेपालले प्रथम साधारणसभा सम्पन्न गरेको छ । भाद्र  ५ गते सम्पन्न  भएको सभाले दिनेश लोको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको  हो । यस कार्यसमितिको कार्यकाल भने आगामी २ वर्षसम्म रहनेछ । 

१३ सदस्यीय नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षको रुपमा मित्र बहादुर थोकर, द्धितिय उपाध्यक्षमा बिज  बहादुर लो  र सचिवमा भने देवकृष्ण थोकर चयन भएका छन् । यसैगरी सह सचिवमा विषम स्याङ्तान, कोषाध्यक्षमा टिकालाल मोक्तान र सह कोषाध्यक्षमा चन्द्रीमाया योञ्जन रहेका छन् । सदस्यमा भने राजकुमारी बम्जन, कान्छीमाया घिसिङ, कान्छामान योञ्जन, शुक बहादुर लो, कृष्ण कुमार लो र निर्मला गोले छन् । 

स्थापनाकालदेखि नै यस समाजले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । नयाँ चयन भएको समितिले सामाजिक सेवाको कार्यलाइ अझै फराकिलो बनाउने उदेश्य राखिएको छ । संस्थाको उदेश्यमा र कार्यदिशालाइ  सहि मार्ग दिनका लागि सभाले ११ जना सल्लाहकार समेत चयन गरेको छ । जस अन्तर्गत सम्बर बहादुर वाइवा, अरुण गोले, अष्टमान लो, दूध बहादुर योञ्जन,  संचमाया लो, इश्वरमान थोकर, अर्जुन ब्लोन, पेमा सिं थोकर, बिज बहादुर योञ्जन, सुनिता योञ्जन, भोजराज लो रहेका छन् । 
दुइ वर्षको अवधिमा संस्थाले विभिन्न रोगबाट पिडित भएकालाइ आर्थिक सहयोग, मृतकको परिवारलाइ सहयोग गर्ने कार्यलाइ तिब्रता दिइको छ । साधारण सभामा संस्थाले हालसम्म गरेको कार्य, आय व्यय विवरण समेत प्रस्तुत गरिएको थियो । 

समाजमा बढ्दै गएको सामाजिक दूरीलाइ घटाउन, भाइचारा र बन्धुत्वको भावनालाइ विकास गर्न साथै आपसी सहयोेगको भावना जगाउने उदेश्यका साथ २०७६ सालमा यस ज्योमोगाङ घ्याङलेख सामाजिक सेवा नेपालको स्थापना भएको हो । 

सम्बन्धित खवर