×

सांसद गंगा चौधरीले सभामुख सापकोटामाथि हात हाल्न खोजेपछि…


 

लाङटाङ खबर,   २३ भाद्र २०७८, बुधबार

-सभामुख माथि प्रश्न उठाउँदै संसद’मा नाराबाजी गरेको नेकपा एमालेकी एक सांसद रोष्टममै उक्लिने प्रयास गरेकी छन् । प्रतिनिधिसभा’को अधिवेशन’को पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे ।

बैठकपछि सहमति’को प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटा’ले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु’ भनेको एमाले सांसदहरु बताउँछन् । तेस्रो बैठक सुरु हुनासाथ सभामुख सापकोटा’ले गृहमन्त्री बालकृष्ण खाँड’लाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिए ।प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्री’लाई रोक्न अघि बढेका एमाले सांसदहरु’लाई मर्यादापालक’ले रोके । त्यसक्रममा एमाले सांसद गंगा चौधरी सत्गौवा भने रोष्टममै उक्लिने प्रयास गरिन् ।

एमाले’का एक सांसद’का अनुसार उनले गृहमन्त्री’लाई जसरी पनि रोक्छु भनेकी थिइन् । त्यही क्रममा उनी मर्यादापालक’लाई धकेल्दै रोष्टममै उक्लिन खोजेको एक सांसद’ले बताए । चौधरीले पनि त्यस’लाई स्वीकार गरिन् । ‘गुरिल्ला सभामुख’लाई (बैठक अघि बढाउन)रोक्न सकिएन ।

गृहमन्त्री’लाई रोक्न खोजेको मर्यादापालक लगाएर छेकियो । त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भयो,’ उनले भनेकी छन् ।

वामदेव गौतम फेरि एमालेमै फर्किएका हुन् ?

नेकपा एमाले छाडेको हप्ता दिन नपुग्दै पूर्वउपाध्यक्ष बामदेवले गौतम फेरी एमालेमै फर्किएको पुष्टि भएको छ । उनले आफ्नी श्रीमति तुलसा थापालाई नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी हुन लगाएर आफू एमालेमै रहेको संकेत दिएका हुन् ।

पार्टीका सम्पूर्ण जिम्मेवारी’बाट राजीनामा गरेका गौतमले श्रीमति थापालाई एमाले संसदीय दलको बैठकमा सहभागी हुने पठाएका हुन् । एमाले छाडेर समाजवादी पार्टीमा लाग्ने तयारी गरेकी थापाले भदौ ९ गते सनाखत गर्न पाएकी थिइनन् । बुधवार बस्ने एमाले संसदीय दलको बैठकका लागि थापा संसद् भवन नयाँ बानेश्वर पुगेकी छन् ।

राष्ट्रिय  सभामा एमाले सांसद कोमल वलीले सांसद थापा संसदीय दलको बैठकमा सहभागी हुन आएको खुलासा गरेकी हुन् । उनले संसद्को ल्होत्से हलमा थापासहित उभिएर फोटो राखेकी छन् । आज शुरू हुने संसद्को बैठक’मा खेल्ने भूमिका’बारे छलफल गर्न एमाले संसदीय दलको बैठक केहीबेर’मा बस्दैछ ।

एमाले फुटेर बनेको एकीकृत समाजवादी पार्टीमा सनाखत गर्त गएकी थापालाई निर्वाचन आयोगले सनाखत गर्नबाट रोकेको थियो । नयाँ पार्टीमा गएपछि सांसद पद खारेज हुने भएकाले उनले पुनः एमाले राजेकी हुन् ।

बामदेव गौतमको ढुलमुले बानीका कारण उनकी पत्नी तुलसा बारम्बार चर्चामा आइन्छिन् । उनी नेकपा एमाले’को समानुपातिक सांसद हुन् ।

सम्बन्धित खवर