×

तामाङ समाज कतार नवौँ अधिवेशनमा, नेतृत्वको लागि युवा र महिलालाई प्रोत्सहान।


सन २००५ मा स्थापना गरिएको तामाङ समाज कतारको नवौँ अधिवेशन यहि आउदो  २६ नोभेम्बर २०२१, शुक्रवारको दिन हुने भएको छ। कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै, भौतिक दुरि कायम गर्दै, आधुनिक सुचाना र प्रविधिको प्रयोग गर्दै भौतिक तथा जुम भर्चुयल दुबै माध्यम बाट अधिवेशन गर्ने भएको छ। युवा पुस्ता र महिलालाई नेतृत्वको लागि प्रोत्सहान साथ नवौँ अधिवेशन गर्ने भएकोले केहि फरक, रोचक र विशेष रहेको छ।

कतारमा व्यवसाय या रोजगारिको शिलशिलामा रहनु भएको तमाम तामाङ दाजुभाई तथा दिदिबहिनिहरुका तामाङ समाज कतारको साधरण सदस्यता लिन तथा नविकरण गर्न खुल्ला गरिएको सुचना तामाङ समाज कतारको आधिकारिक सामजिक सञ्जाल मार्फत जारि गर्दै सम्पुर्ण कतारमा कार्यरत तामाङ दाजुभाई तथा दिदिबहिनिहरुमा हार्दिक अव्हान गरिएको छ।


सन् २००६ मा स्थापना गरिएको नेपाल आदिवासी जनजाति महासंघ कतारको संस्थापक सदस्य, अन्तरराष्ट्रिय तामाङ परिषदको राष्ट्रिय सदस्य रहेको तामाङ समाज कतारले आफ्नो सदस्यहरुलाई भईपरि आउदा सहयोग गर्नको निमित "धेरै गरे अरुको लागि अब केहि गरौँ आफ्नो लागि" भन्ने नारालाई आत्म साथ गर्दै समाजले स्थापना गरेको आपतकालिन कोष बाट सहयोग गर्ने भएको छ।


समाजको साधरण सदस्य लिन तथा नविकरण गर्न सिमित समयावधि तोकिएकोले सम्बन्धित सबैलाई १२ नोभेम्बर  २०२१ अगावै आफ्नो सदस्यता लिन र नविकरण गर्नको लागि समाजले हार्दिक अपिल पनि गरिएको छ।

सम्बन्धित खवर