×

नुवाकोटको किस्पाङमा बस दुर्घटना


लाङ्टाङ खबर 

सोमबार, कार्तिक १, २०७८

काठमाडौं -नुवाकोटको किस्पाङ गाउपालिका वडा ५ मनकामनाको मानेगाउँमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन!
भाल्चेबाट काठमाण्डौतर्फ जान लागेको बा ४ ख ५७६२ बस दुर्घटनामा परेको किस्पाङ गाउँपालिकाले जानकारी दिएको छ ।
दुर्घटनामा २० जनाभन्दा बढी व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घाइतेलाई प्रहरीले एम्बुलेन्स मार्फत त्रिशुली अस्पताल ल्याइरहेको छ । घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
वसमा क्षमताभन्दा बढी यात्रु रहेकोले दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ !
दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर