×

प्रकाशमान र गगनको गठजोड हुँदासमेत काठमाडौं उपत्यकामा देउवा वलियो


लाङटाङ खबर,   
10 मंसिर २०७८, शुक्रबार

काठमाडौं -तीन सय ७५ मध्ये उपत्यकामा संस्थापन पक्षका २ सय १ महाधिवेशन प्रतिनिधि
काठमाडौं : काँग्रेस नेता प्रकासमान सिंहको गृह क्षेत्रमै संस्थापन पक्षको वर्चश्व देखिएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा पक्षलाई कमजोर बनाउन प्रकासमान र गगन थापाविच गठजोड बने पनि क्षेत्रीय सभापति र महाधिवेशन सभापतिमा संस्थापन पक्ष नै बलियो देखिएको छ ।

काठमाडौं उपत्यकाको निर्वाचन परिणामले प्रकास–गगन पक्षलाई नराम्रो झ्ड्का मिलेको छ ।
काँग्रेस अधिवेशनबाट प्राप्त परिणामअनुसार ललितपुर जिल्लाका तिनवटै क्षेत्रमा संस्थापन पक्षले भारी सफलता हात पारेको छ । ललितपुर क्षेत्र नम्बर १ मा १९ जना महाधिवेशन प्रतिनिधि संस्थापन पक्षबाट छानिँदा ६ जना संस्थापन इतरका चयन भए । ललितपुर क्षेत्र नम्बर २ बाट २० जना संस्थापन पक्षबाट चयन हुँदा संस्थापन इतरबाट पाँचजना मात्र आएका छन् ।

प्रतिनिधिका रुपमा रिना महर्जन र रञ्जना थापा मगरको बराबर मत आएकाले जिल्ला अधिवेशनपछि गोलाप्रथाबाट टुंगो लगाइने भएको छ । उनीहरु दुबैजना संस्थापन पक्षका रहेको जनाइएको छ ।
ललितपुर क्षेत्र नम्बर ३ मा पनि बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरु संस्थापन पक्षबाट निर्वाचित भए । निर्बाचन परिणाम अनुसार १५ जना संस्थापन पक्षबाट महाधिवेशन प्रतिनिधि चयन भए । अन्य दशजना भने देउवा इतर विभिन्न समूहका छ्यासमिस छन् । भक्तपुरका दुईवटै क्षेत्रमा कांग्रेसको संस्थापन पक्ष बलियो देखिएको छ ।

भक्तपुर १ मा क्षेत्रीय सभापतिमा जीवन खत्री निर्वाचित बनेका छन् । उनी देउवा निकट हुन् । महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन पक्षकै अत्यधिक बुहमत रहेको छ । भक्तपुर १ बाट महाधिवेशन प्रतिनिधिमा देउवा पक्षबाट २० जनाले जिते । यो क्षेत्रमा संस्थापन इतर समूहबाट जम्मा चारजनाले मात्र महाधिवेशन प्रतिनिधिमा ठाउँ पाएका छन् । यसैगरी भक्तपुर क्षेत्र नम्बर २ मा संस्थापन इतर पक्षका भेषबहादुर कार्की निर्वाचित भए पनि महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षबाट दशजनाले महाधिवेशन प्रतिनिधिमा जिते । संस्थापन इतर समूहबाट १५ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् ।


यता काठमाडौंमा धेरै बलियो भनिएका प्रकाशमानले अपेक्षा अनुसार महाधिवेशन प्रतिनिधिमा जित निकाल्न सकेनन् । प्रकाशमानको आफ्नै निर्बाचन क्षेत्र काठमाडौं १ बाट महाधिवेशन प्रतिनिधिमा देउवा निकट ११ जनाले बाजी मारेका छन् । यो संख्या भनेको झण्डै आधाआधा हो ।
काठमाडौं २ मा भने देउवा पक्षले झण्डै क्लिन स्विप गरेको छ । यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा १८ जना संस्थापन पक्षका निर्वाचित भए । तर संस्थापन इतरले केबल पाँचजनामा चित्त बुझाउनुपरेको छ । यो क्षेत्रका दुईजना महाधिवेशन प्रतिनिधि भने कतै खुलेका छैनन् । यस्तै काठमाडौं ३ बाट पनि संस्थापन समूहले १८ जना महाधिवेशन प्रतिनिधिमै जित हात पारेको छ । यो क्षेत्रमा देउवा र कृष्णप्रसाद सिटौला पक्ष मिलेको थियो । यो क्षेत्रबाट पनि प्रकाशमानका जम्मा ६ भोट देखिएको छ । एकजना तटश्थ देखिएका छन् । गगन थापाको निर्बाचन क्षेत्र काठमाडौं ४ मा केही कमजोर देखिए पनि आधाआधी भोट देउवाको पोल्टामा पर्ने देखिन्छ । यस क्षेत्रमा गगन थापा निकट बहुसंख्यक प्रतिनिधि चुनिए पनि प्रकाशमानलाई उनीहरुले भोट दिने निश्चित छैन । यता काठमाडौं ५ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि मध्ये संस्थापन समूहले १४ जना प्रतिनिधि सुनिश्चित गरेको छ । तर प्रकासमान–गगन गठजोडले केबल ६ जना मात्र महाधिवेशन प्रतिनिधि मात्र हात पारेको छ । तर यस क्षेत्रमा पाँचजना भिमसेन दास प्रधान निकट हुन् । अन्तिममा उनीहरुले पनि सभापतिमा देउवालाई नै सघाउने अनुमान गरिएको छ ।
यसैगरी काठमाडौं ६ बाट पनि ठूलो संख्यामा देउवा–सिटौला गठवन्धनका महाधिवेशन प्रतिनिधि छानिएका छन् । गठवन्धनका १८ जना निर्बाचित हुँदा प्रकाशमान समूहबाट भने आठजना मात्र महाधिवेशन प्रतिनिधि चयन भए । काठमाडौं ७ मा भने देउवा समूह केही कमजोर देखिएको छ । यो क्षेत्रमा प्रकासमानका छोरा र पत्नीसहित २१ प्रतिनिधि चुनिएका छन् । प्रकासमानको एकलौटी मानिएको यो क्षेत्रमा पनि संस्थापन पक्षबाट चारजनाले जित निकाल्न सफल भएका छन् । काठमाडौं ८ मा संस्थापन पक्षले नौ सिट जित्दा १६ प्रतिनिधि प्रकासमान पक्षका आएका छन् । क्षेत्र नम्बर ९ मा प्रकासमान–गगन गठवन्धनको अवस्था नाजुक देखिएको छ । यो क्षेत्रमा ६ जना प्रतिनिधिमा चित्त बुझाउनु परेको छ । प्रकासमान इतर समूहबाट १९ जना प्रतिनिधि चयन भएका छन् । यो क्षेत्रमा देउवा र सिटौला समूहको अत्यधिक वर्चश्व देखिएको छ ।
यता काठमाडौं क्षेत्र नम्बर १० मा प्रकासमान निकट बहुसंख्यक महाधिवेशन प्रतिनिधि चयन भएका छन् । यो क्षेत्रबाट २२ जना प्रकाशमान समूहबाट निर्बाचित हुँदा तीनजना मात्र संस्थापन पक्षका छन् । प्रकासमानको निकै पकड क्षेत्रका रुपमा चिनिएको यस क्षेत्रमा संस्थापन पक्षले तीनजना प्रतिनिधि उम्काउन सफल भएको छ ।

सम्बन्धित खवर