×

गायक तथा संगीतकार जगत घिसिङले अर्को गीत ल्होछार आयो बजारमा ल्याएको छ (भिडियो सहित)


लाङटाङ खबर,  

10 मंसिर २०७८, शुक्रबार

भक्तपुर : गायक तथा संगीतकार जगत घिसिङले आफ्नो फरक सैलिको ल्होछार गीत बजारमा ल्याएका छन! शब्द संगीत र स्वर स्वयम् घिसिङकै रहेको उक्त गीतमा रिना योन्जनको पनि स्वर सुन्न सक्नु हुने छ ।

भक्तपुरमा रहेको माउन्टेन मल्टिपल कन्सलटेन्सिको हलमा तामाङ राष्ट्रिय घेदुङको महासचिब प्रबिन बलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चौरिदेउराली गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्ष बिनोद घिसिङ विशेष अतिथि रहेको थियो भने समाजसेवी आश्मान वाइबा नेपाली काँग्रेस चौरिदेउराली ३ को वडा सभापति नरायण थोकर लगायको अतिथि रहेको थियो ।

चर्चित नृत्य निर्देशक अभि लामाले निर्देशन गरेको गीतमा अनिता गोले लाक्पा लामा सुनिता योन्जन एरिना मोक्तान सरिता थोकर ग्यानदास लामा लगायको मुख्य भुमिका देख्न सक्नु हुने छ l

सम्बन्धित खवर