×

महिलालाई बेहोस पारेर भारतमा बिक्री


लाङटाङ खबर 
२०७८ पुस २१ बुधवार 

 काठमाडौं - पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पुर्‍याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ ।

उनले पोखरामा घरायसी काममा राम्रो कमाइ हुन्छ भनी प्रलोभनमा पारी भारत पु¥याएर बेचेको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । सुरुमा उनले चाउमिनमा बेहोस हुने औषधि मिसाएर बेहोस पारी लगेका र होस खुल्न लाग्दा पुनः कोकमा औषधि मिसाएर बेहोस बनाउँदै भारत पुर्‍याएको पीडितको बयान छ । उनले पीडितका दिदीबहिनीलाई नै यसरी पुर्‍याएको पनि खुल्न आएको छ । उनीहरुलाई छट्टाछुट्टै कोठीमा पुर्‍याएर बिक्री गरेको ब्यूरोको दाबी छ ।

भारतको कोठी सञ्चालकले उनलाई रु तीन लाखमा किनेको भनी यौन कार्यमा लगाएका पीडितको जाहेरीमा उल्लेख छ । उनीहरुलाई भारतको मुम्बई, कोलकाता, बिहारलगायत विभिन्न क्षेत्रमा पुर्‍याएर वेश्यावृत्तिमा लगाएको पाइएको छ । एक दिन बजारमा खाजा लिन पठाएको मौका पारेर उनी त्यहाँबाट भाग्न सफल भएको अवस्थामा भारतीय प्रहरीले सुरक्षितको सहायतामा त्यहाँबाट नेपाली राजदूतावास तथा विश्व सेवा संस्थाको सहयोगमा गत असोजमा नेपाल फर्कन सफल भएको पीडितको भनाइ छ ।

पीडितको जाहेरीका आधारमा खोजी गर्दा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका– १० कपनबाट तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम मुद्दा अघि बढाइएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

माधव समूहको नयाँ दलको नाम एमाले समाजवादी, चुनाव [...]

माधव नेपाल र भीम रावलबीच चर्काचर्की, बैठक छाडेर [...]

ओलीलाई सांसद चापागाईको सुझाव- जनयुद्धका होइन, [...]

स्टेप्स फाउन्डेसन नेपालद्धारा पिरियड प्याड र [...]

पार्टी महाधिवेशन नभएको भन्दै पौडेलको आक्रोश

कोरोना संक्रमणबाट एकै दिन ५५ जनाको मृत्यु, [...]

कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त [...]

क्यानाडामा १८ पाङ्ग्रे ट्रक चलाउदै पहिलो [...]

सिन्धुपाल्चोकको हेलम्बु –६ चालिसेका बाढी [...]

आफ्नै बुबा र हजुरबुबावाट बलात्कृत एक कन्याको [...]

हेर्नै पर्ने भिडियो थाङ्का र गलैँचा बुन्ने [...]

प्रतिनिधिसभामा रेल्वे अध्यादेश लगायत कुनकुन [...]