×

एकदशकको यात्रा संगीतको दुनियाँमा सुर्य मम्बा तामाङ !


लाङ्टाङ खबर 
२०७८ फागुन  २७

काठमाडौं/ संगीतको दुनियाँमा उदयमान गायक तथा संगीतकार सुर्या मम्बा तामाङ बिगत एक दशक देखि संगीतिक दुनियाँमा छन।सांगीतिक दुनियाँमा पाईला राखेका तामाङ अहिले छुट्टै पहिचान बनाउन सफल भएका छन्।

नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका -१ दङ्सिङमा जन्मेका मम्बा सानै देखि चञ्चले स्वभाव र गीत संगीत प्रति अत्यन्तै लगाव रुचि राख्दै संगीतिक कोसेली एल्बम २०६६ मा “म रुँदा त निष्ठुरी”लाई दर्शक माझ पस्कन सफल भएको थियो । शब्द संगीत साथै आफ्नै आवाज रहेको उक्त गीत पछि दोश्रो २०६८ सालमा शब्द संगीत :रजिन रिमल को आवाजमा आफ्नो “मुटु झिकी दिन्छु” भन्ने बोलको आधुनिक गीत सँगै गीत सङ्गीतबाट आफ्नो समुदायको कला संस्कृति लाई पनि जगेर्ना गर्नु पर्छ बन्दै पहिलाे पश्चिमेलि तामाङ मेन्हेदो माया टिपिकल गीत सर्बजनिक गरे जसमा शब्द संगीत आफैले गरेका थिए भने उनलाई साथ गायिका रमला पाख्रिनले दिएको थियो ।

गायक मम्बा त्यसपछि संगीत दुनियाँबाट अलि टाढा हुँदै केही बर्स अफ्नो जन्म भुमि छोट्दै पर्देस को यात्रा UAE तिर लगे तर गायक मम्बाको बसाई त्यहाँ पनि खासै फलदायक रहेन त्यसपछि एक बर्स जतिको बसाई पश्चात गायक मम्बा पुन: आफ्नो मतृभुमि तिरै फर्किए। उनले आउने बितिकै २०७२ सालको महामरी भुकम्पको अतंकीमारले उनलाई पनि छोडेन ।त्यसको केही समय पछि फेरि गायक मम्बा संगीत क्षेत्र लाई त्यसै स्थगित राखेर चलचित्र क्षेत्र तिर कम गर्न लागे ।उनले तामाङ चलचित्र “दुखिला जिन्दगी” नामक चलचित्रमा पनि कम गरे त्यस पश्चात् उनले आफ्नै निर्माणमा एउटा डटि काठमाडु नमक चलचित्र निर्माण तिर हत हले तर मम्बालाई समय साथ त्यति राम्रो दिएन र त्यो चलचित्र को निर्माण कार्य बिच मै रोकिन पुग्यो त्यसपछि गायक मम्बाले संगीत दुनियाँबाट केही समाय टाढा रहने निर्णय गरे। एक दुई बर्स पश्चात फेरि सन 2017 तिर देखि संगीत दुनियाँमा पुन फर्केर कम गर्दै अएको छ।

गायक मम्बाको शब्द संगीतमा धेरै चर्चित गायक गायिकाहरुले स्वर पनि दिएको छ ।जस्तै ;पुर्णिमा लामा, रजिन रिमल ,मिलन लामा ,बाल गएक रबिना बसेल ,रमला पख्रेन ,पुजा तामाङ ,दिपा लामा इत्यादी लगायत नयाँ पुरानो गायक गयिकाले मम्बाको शब्द संगितमा आवाज दिएको छ। गायक तथा संगीत अनि रचनामा दर्जनौ अधुनी पप लोक दोहोरो तामाङ मेन्दो माया सेलो गितहरु अहिलेसम्म बजारमा सर्बजनिक भएको छ भने दर्जौनौ गित हरु अझै पनि सर्बजनिक हुनेक्रममा प्रतीक्षा गरिरहेको छ। गायक तथा संगीतकार गितकारको उत्कृष्ट गितहरु बाटुली ,सोल्टिनी ,निलो आकासमा ,चोली छोटो ,कपुरी क ,नफेर्नु है मन अदि रहेको छ।

सम्बन्धित खवर