×

जम्बुलिङ फिल्मस् बाट चैत्र २६ गते बृहत् संस्कृतिक कार्यक्रम हुदै


लङ्टाङ खबर 
२०७८ चैत्र १९ सनिवार 


 काठमाडौ - जम्बुलिङ फिल्मस प्रा.लि द्वार विविध  कार्यक्रमको आयोजना गरि यहि चैत्र २६ गते  काठमाडौको गंगबु स्थित रहेको  BG banquet मा बृहत् संस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

काठ्माण्डौ बलाजु स्थित २०६७ सालमा स्थापना भएको यस कम्पनीले कला संस्कृतीको संरक्षण र सम्बर्द्धनका साथै विभिन्न कला सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गरि नेपाली गीत संगीतलाई फराकिलो पार्दै आइरहेको र तामाङ गीत  लगयात बिभिन्न म्युजिक भिडियो र चलचित्रहरु पनि निर्माण गर्दै आइरहेको  जम्बुलिङ फिल्मस् प्रा.लि का प्रबन्ध निर्देशक राज किङ वाईबा (सुक ब.तामङ) बताउँछन् ।
 
हाम्रो कला हाम्रो शान, हाम्रो संस्कृति हाम्रो पहिचान, भन्ने नाराको साथ विगतमा झै कला संस्कृतिको संरक्षण तथा सम्बर्द्धनका निमित्त १० औं वार्षिक उत्सवको अवसरमा   वृहत संस्कृतिक कार्यक्रम तथा नव वर्ष २०७९ को शुभकामाना अदानप्रदान र जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को घोषणा कार्यक्रम समेत रहेको लङटाङ खबर डट कमलाई अयोजकले जनकारि दिएको छ ।

श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ यस कम्पनिले पहिलो जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०१९ थाईल्याण्डमा सम्पन्न गरेको थियो ।दर्जनौ चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने यस कार्यक्रममा समाजसेवी,  बुद्धिजिबि, पत्रकार,  कलाकार,  खेलाडी लगायत सम्पुर्ण नेपालि दाजुभाई तथा दिदिबहिनी हरुलाई यहाँ हरुको गरिमामय उपस्थिति जानइ कार्यक्रमलाई भब्य र सब्य रुपले सफल परिदिनुहुन  वाईबाले हार्दिक अनुरोध गरिएको  छ ।
कार्यक्रम को विवरण :

मिति : २०७८, चैत्र २६ गते सनिवार 
स्थान : BG banquet, गंगबु
समय : बिहान ११ बजे देखि

सम्बन्धित खवर