×

उत्तरगया गाउँपालिका र गाउँबासिका लागि मेरो प्रतिबद्धता


 

लाङटाङ खबर 
२०७९ वैशाख २०गते

                   मेरो नाम सुनिता माया गुरुङ हो । म उत्तरगया गा.पा. वडा नं. ३ मा बस्छु ।  विगत १० वर्षदेखि महिला हिंसा न्यूनिकरण र बालअधिकारको क्षेत्रमा कार्यरत , हालसम्म रसुवा जिल्लाको सदरमुकाम रहेर जिल्लाभरी करिव २०० जति मुद्धा मामिलामा मध्यस्तकर्ताको भूमिका निर्वाह गरी मुद्धा मामिलामा दोषीलाई कारवाही र निर्दोषलाई बचाउने कार्यमा सक्रिय छु ।  विगत ६–७ बर्षदेखि लैङ्गिक हिंसा नियन्त्रण र महिला सञ्जालको प्रमुखको रुपमा रहेर महिला शसक्तिकरणको अभियानमा अग्रसर रहि आएको तथ्यलाई उजागर गर्न चाहन्छु । 
      हाल रसुवा जिल्लामा महिला र बालअधिकारको पक्षमा अग्रसर रहेर उत्तरगया गा.पा. वडा नं. २ र ३ मा रहेको माध्यमिक विद्यालयहरुमा विद्यँलय पोशाक वितरण, महिला तथा बालबालिकाको क्षेत्रमा जनचेतना अभिवृद्धिमूलक कार्यक्रम र ठूलोगाउँंमा खोप केन्द्रको लागी नि ःशूल्क जग्गादान कार्य गरी आफ्नो निस्वार्थ पूर्ण भावलाई उजागर गरिसकेको छु । यसै क्रममा यही मिति २०७९ साल वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा उत्तरगया गा.पा. को उपाध्यक्ष (उप प्रमुख ) को पदमा नेपाली काँंग्रेस पार्टीको तर्फवाट मेरो उम्मेदवारी किन ? 
                       रसुवा जिल्लाको प्रमुख पालिकाको रुपमा उत्तरगया गा.पा.लाई चिनिन्छ ।   यस क्षेत्रमा ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, तामाङ, राई, मगर, दलित लगायत अन्य जातीका मानिसहरु एक आपसमा मिलेर बसेका छन । प्राकृतिक , धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुले भरीपूर्ण यस पालिक विविध दृष्टिकोणले सम्पन्न मानिन्छ तर राजनीतिक हिसावले पनि यस पालिकालाई विशेष महत्वको दृष्टिले हेरिन्छ ।  गलत आचरण र आफ्नो हितमात्र सोच्ने आफ्नो स्वार्थलाई मात्र महत्व दिई यस क्षेत्रमा रहेका आम नागरिकहरुलाई झुठा आश्वासन र दु ःख दिई नातावाद, कृपावाद र चाप्लुसीवादलाई बढावा दिई यस क्षेत्रको विकासलाई अन्धकारतर्फ धकेल्न सधै लागिपर्ने गलत राजनीतिक प्रवुतिको विरुद्ध लागी १०० प्रतिशत रुपमा भ्रष्टचारलाई निर्मूल पारी जनतालाई सुशासनको प्रत्याभूति दिई विकासको मूल प्रवाह यस क्षेत्रमा ल्याई आम नागरिकको सरल जीवनयापनको सुनिश्चितता र राज्यको सम्पूर्ण क्षेत्रमा आम नागरिकको पहुच पुग्ने वातावरण निर्माणको लागी मेरो उम्मेदवारी रहेको कुरा सहर्ष जानकारी गराउन चाहान्छु । यसका साथसाथै मैले आफ्नो कार्यकालमा गर्न चाहेको कुराहरुलाई यहाँहरु सामु प्रस्तुत गर्न गईरहेको छु । 
    
कृषि 
कृषि विमाको लागी अनुदानको व्यवस्था गर्ने 
उच्च स्तरीय विउ विजन वितरण गर्ने साविकका वडाहरुलाई पकेट क्षेत्र घोषणा गरी व्लक वाईज कृषि उपजहरुको उत्पादनमा विशेष जोड दिने, 
उत्पादित कृषि उत्पादनहरुको वजार व्यवस्थापन, स्टोरको व्यवस्थार नि ःशुल्क ढुवानीको व्यवस्था गर्ने, 
    एक परिवार एक फर्म अवधारणालाई अघि बढाई नयाँ व्यवसाय दर्ताको लागी एक घरबाट एक जनालाई फर्म दर्ताको लागी अनुदान दिने,
कृषि ऋणको व्यवस्था गर्ने, 
विकास निर्माण र रोजगार 
    यस पालिकाभित्र अव्यवस्थित रहेको खानेपानीलाई व्यवस्था गर्ने,
ठूलोगाउँ र डाडागाउमा रहेको भाङे  झरना नजिक सुविधा सम्पन्न पिकनिक स्पट  निर्माण गर्ने , देउरालि हिमाल भ्युउ स्थलमा आवश्यक स्थायी भौतिक पूर्वाधार निर्माण गर्ने र आधुनिक पौडी पोखरी निर्माण गर्ने, 
यस क्षेत्रमा रहेको प्रमुख बजार बेत्रावतीमा सोलार वत्तीको व्यवस्थाका साथै गोरु जुधाई प्रतियोगिता स्थल निर्माण गर्ने,  
    बेत्रावतीमा व्यवस्थित बसपार्कको निर्माण गर्ने, 
आवश्यकता अनुसार पालिकाभित्रका वडाहरुमा सोलार वत्तीको व्यवस्था गर्ने, 
पालिकालार्ई फ्री वाईफाई क्षेत्र बनाउने, 
पालिकाभरी एक घर एक धाराको व्यवस्था गर्ने, 
सीपमूलक तालिमको व्यवस्था गरी एक घर एक व्यवसायको कार्यक्रमको व्यवस्था गर्ने, 
एक घर एक रोजगार कार्यक्रमको व्यवस्था गर्ने, 
वडाहरुमा हुने कार्यलाई अनलाईनबाट हुने व्यवस्था मिलाउने, 
शिक्षा 
यस पालिकाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बार्षिक रुपमा एक –एक थान विद्यालय पोशाक , ट्रयाक सेट र झोला नि :शूल्क रुपमा व्यवस्था गर्ने, 
ड्ड    यस पालिकाका विद्यार्थीहरुलाई निलकण्ठ मा.वि. र डाडागाँउ मा.वि. मा कक्षा १२ सम्म नि ःशुल्क शिक्षाको व्यवस्था गर्ने,
यस पालिकामा रहेको विद्यालयहरुमा कार्यरत पूर्व प्राथमिक शिक्षिकाहरुलाई मन्टेश्वरी तालिमको व्यवस्था गरी मन्टेश्वरी कक्षाहरु सञ्चालन गर्ने ,
यस पालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोषणयुक्त दिवा खाजाको प्रवन्ध मिलाउने, 
    बार्षिक रुपमा पालिका भित्रका उत्कृष्ट एक छात्र एक छात्रालाई रु १५,०००÷– बरावरको छात्रवृती प्रदान गरिने,
यस क्षेत्रभित्र रहेका विद्यालयहरुलाई व्यवस्थित बनाउने, 
यस पालिका भित्रका प्रत्येक विद्यालयहरुमा प्रविधियुक्त पद्धतीबाट शिक्षणको व्यवस्था गर्ने, 
यस पालिका भित्रका सम्पूर्ण मा.वि. हरुमा सि.सि. क्यामेराको व्यवस्था गर्ने, 
एक शिक्षक एक ल्यापटपको कार्यक्रम सञ्चालन गरी प्रविधियुक्त शिक्षाको विकास गराउने, 
बार्षिक रुपमा पालिकाभरीको उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्ने, 


पर्यटन व्यवसाय 
यस पालिका भित्रको डाडागाउ, ठूलोगाऊ र घलेगढी आसपासको क्षेत्रमा  होम स्टे व्यवसायको प्रवद्र्धन गर्ने र कार्य क्षमताको आधारमा आंशिक र शत प्रतिशत अनुदानको व्यवस्था गर्ने, तामाङ सङ्ग्राहलय,
गुरुङ सङ्ग्राहलय निर्माण गरी सङ्ग्राहलयलाई थप व्यवस्थित बनाई पर्यटकीय गन्तव्य वनाउने,
घलेगढीलाई ऐतिहासिक सम्पदाको रुपमा परिचित गराई उक्त क्षेत्रमा आधुनिक पार्क र व्यायमस्थलको निर्माण गर्ने, व्यवस्थित पदमार्ग निर्माण गरी यस पालिका भित्रका महत्वपूर्ण स्थानहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विस्तार गर्ने, 
घाटु नाच, मारुनी नाच र गुरुङ संस्कृतिको संरक्षण, सम्र्बद्धनमा जोड दिई बुद्ध पूर्णिमाको चाडलाई बार्षिक रुपमा महोत्सवको रुपमा मनाउने व्यवस्था गर्ने,

सम्बन्धित खवर