×

रसुवाको डाँडाँगाउँमा १६ घरबाट २० लाख बराबरको नगद र गरगहना चोरी


रसुवाको डाँडाँगाउँमा १६ घरबाट २० लाख बराबरको नगद र गरगहना चोरी

लाङटाङ खबर 
२०७९ वैशाख २१गते

रसुवा । रसुवाको उत्तरगया गाउँपालिकास्थित डाँडागाउमा चोरीको घटना भएको छ । विद्यालयमा जडान गरिएको सिसिटिभि फुटेज अनुसर रातको १२ बजेको आसपासमा स्थानिय १२ घर, विद्यालय, गुरुङ सङ्ग्राहलय ,हेल्थ पोस्ट , सहकारी  गरि १६ वटा घरहरुमा चोरी भएको स्थानियको भनाई छ । 
चोरी भएका पिडितको भनाइ अनुसर कम्तिमा २० लाख बरबरको नगद सहित गरगहना चोरी भएको छ । स्थानिय राजेन्द्र घिमिरे,असकाजि गुरुङ,सुभद्र भट्टा , गणेश अधिकारी , मन्जु गुरुङ, जनुका घले, गुणा बहदुर अधिकारी , कृस्ण प्रसाद भट्ट, मुरली दत्ता गजुरेल, हरि बहदुर गुरुङ, बिनोद गुरुङ, सुबेन्द्र गुरुङको घरमा चोरी भएको हो । सुभद्रा भट्टको एक लाख नगद एक तोला सुनको सिक्रि  ,जनुका घलेको तिस हजार नगद र सुन तिस हजार बारबारको रहेको छ। विनोद गुरुङको घरबाट  दस हजार नगद सहित दस हजारको रिचर्ज कार्ड, कृष्ण प्रसाद भट्टाको घरबाट सात तोलाको सुन र एउटा मोबाइल, मुरलि दत्त गजुरेलको एक लाख नगद ,गणेश अधिकारी को एक लाख पाचस हजार नगद र पुरानो पैसा, सुन्को जन्तर ,हेल्थ पोष्टको औषधिको पैसा तिस हजार नगद ,रजेन्द्र घिमिरेको तिन लाख सठ्ठि हजार नगद सुनको ब्रास्लेट एक तोला बारबार को र झुम्का, गुणा बहदुर अधिकारीको घरबाट सुनको सिक्रि र मङ्गल सुत्रा गरि तिन लाख बारबार को लुटिएको डाँडागाउँ प्रहरी विटले जनाएको छ। 
विद्यालयमा रहेको सिसिटिभि फुटेजमा चोरीमा संलग्न व्यक्तिको मुखाकृति समेत देखिएको प्रहरीले जनाएको छ । उक्त चोरीको घटनाबारे छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रसुवाबाट  स्पेसल टोलि आइरहेको डाँडागाउँ चौकी इन्चर्ज राम विध्या सा बताएका छन् ।

सम्बन्धित खवर