×

फोहोर बोकेका गाडी बन्चरेडाँडा बाट पुनः काठमाडौं फर्किए


 


लाङटाङ खबर 
२०७९ जेठ २६ गते

     आज (बिहीबार) काठमाडौंको फोहोर बोकेका टिप्पर बञ्चरेडाँडाको ल्याण्डफिल साइट गएका छैनन् । सुरक्षाको प्रत्याभूति नभएपछि फोहोरका गाडी पठाउने– नपठाउनेबारे अन्योल भएको छ ।
प्रहरीहरु नै घाइते हुने गरी झडप भएपछि बुधबार गएका गाडी फोहोर नखसाली काठमाडौैं आएका थिए । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा गाडी नै तोडफोड भएकाले सुरक्षाको थप व्यवस्था गरेर मात्रै पठाउन छलफल भइरहेको बताए ।
हिजोको झडपमा चारजना प्रहरी र केही स्थानीयवासी पनि घाइते भएका थिए । प्रहरीले पनि सुरक्षा दिन नसकेपछि फोहोर बोकेका सवारीलाई काठमाडौं नै फर्काइएको थियो । फोहोर फाल्न नपाएपछि काठमाडौंमा फोहोर उठ्न बन्द भएको छ ।

सम्बन्धित खवर