×

टिकटक-फेसबुकमा जथाभावी अरुको फोटो-भिडियो राखे के सजाय हुन्छ ?


 

लाङटाङ खबर 
२०७९ असार ३ गते

  काठमाडौं । अन्य वा अपरिचित व्यक्तिको भिडियो खिचेर टिकटक बनाउने, फेसबुकमा भिडियो राख्ने जस्ता प्रवृत्ति मौलाएको छ । आफ्नो मनोञ्जनका लागि अरुको भिडियो जथाभावी राख्दा के हुन्छ ?
सम्भवतः प्रयोगकर्ताहरु अनभिज्ञ छन् । अरुको अनुमति नलिई जथाभावी खिचिएका भिडियो यसरी सामाजिक सञ्जालमा अपलोड गर्नु ‘अपराध’ मानिन्छ । ‘यो विद्युतीय अपराध हो,’ सामाजिक सञ्जाल विज्ञ विजय लिम्बू सेनिहाङ भन्छन्, ‘यस्तो कृत्य गर्नेलाई दण्ड जरिवानाको सजाय हुन्छ ।’

कुनै व्यक्तिको फोटो भिडियो उसको अनुमति बिना हाल्यो भने उसको गोपनीयता भंग हुन सक्छ । जसरी कसैको घरमा बिना अनुमति पस्न पाइँदैन, त्यसरी नै कसैको अनुमति बिना उसको फोटो भिडियो पनि राख्न नपाइने सेनिहाङले बताए ।

कसैको अनुमति बिना उसको फोटो भिडियो फेसबुक तथा टिकटकमा राख्न पाइँदैन भन्ने कानुन  छ । तर यो कानुनको विषयमा कमैलाई मात्र थाहा छ । उनी भन्छन्, ‘यस्तो तस्वीर र भिडियो सामाजिक सञ्जालमा राख्न पाइन्छ, यस्तो पाइँदैन भन्ने जानकारी सरकारी स्तरबाटै दिनु जरुरी छ । यो विषयमा थाहा नभएका कारण नै यस्ता समस्या बढिरहेको छ ।’

सम्बन्धित खवर