×

सरकारी स्कूटरको अगाडि–पछाडि छुट्टा–छुट्टै नम्बर


 

लाङटाङ खबर 
१९ असार २०७९, आईतवार

 जिल्लाको एउटा सरकारी स्कूटरको अगाडि र पछाडि फरक–फरक नम्बरको नम्बर प्लेट राखिएको पाइएको छ । जिल्लाको रुन्टिगढी गाउँपालिकाले केही दिनअघि मात्र खरिद गरेर ल्याएको एउटा स्कूटरको अगाडि रा १ ब १३६८ र पछाडि रा १ ब १३६७ नम्बर लेखिएको पाइएको हो ।
जिल्लाको होलेरीस्थित प्रहरीका अनुसार सवारी चालक अनुमति–पत्र नभएको कर्मचारीले स्कूटर चलाउदै गरेको अवस्थामा नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा उक्त त्रुटी फेला पारिएको हो ।
सो त्रुटीका बारेमा आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सरकारी नम्बर प्लेट रहेको उक्त स्कूटरमा अगाडि र पछाडि छुट्टा–छुट्टै नम्बर प्लेट भएको कारण स्कूटरको नम्बर छुट्याउनै अन्योल भएको प्रहरीको भनाइ छ ।
यता गाउँपालिका अध्यक्ष जनक पुनले भने यस विषयमा आफूलाई भर्खर मात्र जानकारी भएकाले के कसरी त्यस्तो त्रुटी हुन पुग्यो ? भन्ने बारे सम्बन्धित शाखासँग बुझ्ने बताए ।
सवारी साधनमा लेखिने नम्बरमा विशेष ध्यान नदिई लापरबाही तरिकाले लेखिनु र राख्दा समेत ख्याल नगर्दा विभिन्न प्रकारको समस्या देखिने गरेको प्रहरीको भनाइ छ ।

सम्बन्धित खवर