×

रसुवागढी हाइड्रोपावरको IPO साउन १० गतेसम्म विक्रीमा


 

लाङटाङ खबर 
२०७९ असार १७ गते

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडले असार १३ गतेदेखि निष्कासन गरेको ipo साउन १० गतेसम्म विक्रीमा रहने भएको छ ।कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाका लागि ipo निष्कासन गरेको हो । स्थानीयमा कम्पनीले रू. १०० अंकित दरको ६८ लाख ४२ हजार १०० कित्ता ipo निष्कासन गरेको हो ।आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीले यो ipo खरीदका लागि आवेदन दिन सक्नेछन् ।उक्त ipo मा न्युनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिनेछ । यो ipo विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सन्राइज क्यापिटल रहेका छन् ।आईपीओमा विक्री प्रबन्धकसँगै सी– आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरूबाट आवेदन दिन सकिनेछ ।

सम्बन्धित खवर