×

रसुवा आमाछोदिङमो पर्वती कुण्डमा भव्यसाथ जनैपुर्णिमा मेला हुने


लाङ्टाङ खबर 
२०७९ साउन ११ गते

काठमाडौं - रसुवा जिल्लाको उत्तरी भेगमा पर्ने आमाछोदिङमो गाउपलिका भित्र प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल (पर्वती कुण्ड ) यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ ।

आमाछोदिङमो गाउँपालिका–३ गत्लाङमा रहेको यस कुण्डमा गत बर्ष कोरोना महामारीका कारण मेला कम लागेको थियो भने यसपालि भने वृहत् मेला लाग्ने आमाछोदिङमो गाउँपालिका ३ वडाअध्यक्ष सुरेन्द्र  लामाले जानकारी दिनुभयो ।

यस वर्षको जनैपूर्णिमा यही साउन २७ गते परेको छ । यस स्थान समुद्री सतह बाट  करिब २५५०मिटर उचाइमा रहेको  छन् । रसुवा जिल्लाको नमूना (black villages )कालो गाउँको उच्च स्थानमा रहेको  एक उत्कृष्ट गन्तव्य हो । साना–ठूला धार्मिक र पर्यटकीय महत्व बोकेर आमाछोदिङमो(पार्वती कुणड ) रहेका छन् ।  

एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गर्दछ । मेलामा छिमेकी जिल्ला नुवाकोट ,धादिङ ,सिन्धुपाल्चोक  जिल्लाभरिको लोक मौलिक गित र तामाङ सेलो गितको लयमा नाँच्दै गाउदै सेसे बोम्बो र मेन्दोमाया,फाप्परे गीत सेलो गीत गाँउने नाँच्ने रमाइलो गर्ने र आसपासका जिल्ला सहित काठमाडौँ उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थीहरु आउने गरिन्छ्न  साथै कुण्ड दर्शन गर्नका लागि साना -ठुलो सवारी साधनले जुनसुकै समयमा यात्रा गर्दा पनि  सजिलै सङग  कुण्ड दर्शन गर्न पुग्ने सडक बाटो राम्रो रहेकोे र आमाछोदिङमो (पार्वती कुण्ड) विभिन्न ताजा फलफूल, दुध  लिएर भक्तजनहरुले चढाउन जान्छन् ।

विशेषगरी यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् । 
आमाछोदिङमो  रहेको भगवानलाई स्थानीयबसिहरुले प्रत्येक बर्षा पाठपूजा गरेमा सुख, शान्ति र सन्तान नहुनेलाई पनि सन्तान प्राप्त गरेको धार्मिक विश्वास छ । आमाछोदिङमो वरिपरि विभिन्न स्थानमा होटेल & होमस्टे रहेकालेको खाना , बस्न समस्या नहुने  लामाले बताउनुभयो । 

पर्यटन प्रवर्दनका लागि अन्य कार्यक्रम पनि सञ्चालन गरिने लामा ले बताउनुभयो । आमाछोदिङमो  गाउँपालिका–३ स्थानीय युवाहरूलाईले  सरसफाइ तथा मेला व्यवस्थापन गर्ने निर्णय गरिएको छ  ।आमाछोदिङमो भव्यसाथ जनैपूणिर्मा मेला हुने स्थानीयबसि द्वरा जानकारी गरायौं ।

-प्रभात लामा

सम्बन्धित खवर