प्रभावित वासिन्दाले आइपिओ कम पाएको भन्दै सान्जेन जलविद्युत आयोजनामा तोडफोड
काठमाडौं । सान्जेन जलविद्युत आयोजनाका प्रभावित बासिन्दाले आयोजनाको कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । गत्लाङका स्थानीयले तोडफोड तथा आगजनी गरेका हुन् । उनिहरुले लामो समयदेखि असन्तुष्टी जनाउदै आएका थिए ।निष्काशन गरिएको कुल शेयरमध्ये अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.२५,३,१.५,१ अनुपातमा बाँडफाँट भनिएको थियो।
उनिहरुले शेयर बाँडफाँट गर्दा आफुहरुलाई अतिप्रभावितको सूचीमा नराखेको भन्दै ठुलो समुहमा आएका स्थानीयले ठुलो क्षती पुर्याएका छन् । कम्पनीले भदौ ५ गतेदेखि प्रभावित क्षेत्रका बासिन्दाको लागि शेयर निष्काशन गर्दैछ । कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता शेयर जारी गर्दैछ ।