×

गायिका सिरी लोप्चनको ‘च्याङ्बा कै भर लाग्छ ‘ बोलको भिडियो सार्वजनिक (भिडियो सहित)


लाङटाङ खबर 
२०७९ मङ्सिर १८ गते आइतवार 

लाङटाङखबर/काठमाडौं । गायिका सिरी लोप्चनको ‘च्याङ्बा कै भर लाग्छ ‘ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गायक तथा संगीतकार विश्व दोङको शब्द संगीत रहेको उक्त गीतमा गायिका सिरी लोप्चन, आराम्ब तामाङ, अनिता नेगि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ भने भिडियो निर्देशन भने देव दोर्जे लामाले गरेका छन् ।
दुई प्रेमीप्रेमिका विचको मनको भाव प्रस्फुटन गर्न खोजिएको यस भिडियोको छायांकन विक्रम गुरुङले गरेका छन् ।
गायन संगै मोडलिङको दुनियाँमा पाइला टेकेका लोप्चनले यस अगि ल्हास्सो मैच्याङमा खेम मोक्तानसंग, सेम ह्रोमा सागर घिसिङसंग अभिनय गरिसकेका छन् भने यसपटक मोडल आराम्ब तामाङको युगल जोडीको रुपमा देखाएको छ ।

सम्बन्धित खवर