×

उत्तरगया गाउँपालिका खेलमैदान, खाल्डेमा होछार कार्यक्रम हुँदै, राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने


 

लाङटाङ्खबर
२०७९/०९/२७

लाङटाङ्खबर/काठमाडौं । तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत २८५९ औं सोनाम ल्होछार (तवर ल्हो) को अवसरमा उत्तरगया गाउँपालिका खेल मैदान, खाल्डेमा यहि माघ ७ गते साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

आयोजना हुन लागेको यस कार्यक्रममा  रसुवा जिल्ला निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य माननीय ई. मोहन आचार्य ज्यूको प्रमुख  अतिथिमा रहने र विशिष्ट अतिथि बागमति प्रदेश सभा सदस्य इन्द्र गोदामे, विशेष अतिथि , अतिथि हरु विभिन्न पार्टीका  प्रतिनिधि हरु रहने  फिकुरी वाङफेल सोसाइटि का अध्यक्ष सोमराज तामाङले जनाएको छ ।

राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती साथै DJ म्युजिक समेत हुने , उक्त कार्यक्रमको आयोजना भने फिकुरी वाङफेल सोसाइटिले गरेको हो । 
रसुवा जिल्लामा रहेको सामाजिक एवम साँस्कृतिक पर्यटनलाई अभिवृद्धि गर्ने उदेश्यका साथ उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा तामाङ समुदायको रहनसहन, सँस्कार सँस्कृतिलाई उजार गर्न यस कार्यक्रमले थप सहयोग गर्नेछ । साथै यस कार्यक्रमले उत्तरगया गाउँपालिकाको मात्र नभई सिंगो रसुवा जिल्लालाई पर्यटकिय स्थलको रुपमा चिनाउन सघाउ पुग्ने आयोजकको भनाई छ । 
राष्ट्रिय कलाकार  कमल खत्रीको वेजोड प्रस्तुती रहने उक्त कार्यक्रममा राजकिङ वाइबा, सिता लामा , मिना लामा, शिशिर थोकर, मिलान लामा , टेकराज घले, सौराम वाइब ,सुनिता थोकर लगाएत कार्यक्रम सम्योजक अर जे अन्जलि लोप्चन  लगाएतका कलाकारको उपस्थिति रहने छ ।

सम्बन्धित खवर