रसुवा,उत्तरगया गाउँपालिका डाडागाउमा ल्होछार कार्यक्रम सम्पन्न,
लाङटाङखबर
२०७९माघ६गते
लाङटाङखबर/काठमाडौं।तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत २८५९ औं सोनाम ल्होछार ( ह्योइ ल्हो) को अवसरमा उत्तरगया गाउँपालिका डाँडागाउँमा ल्होछार कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता नेपाल एक्टिभ प्रोडक्सन प्राइभेट लिमिटेड का अध्यक्ष लोकेन्द्र ब. तामाङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा रसुवा जिल्ला निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य माननीय ई. मोहन आचार्य ज्यु रहेका थिए ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको बजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा प्रस्तुती दिनका लागि मेन्दोमाया गायक एवम नायक राजकिङ वाइबा, म्हेन्दोमाया तथा सेलो गायिका रेश्मा बोम्जन, रसुवालि म्हेन्दोमाया गायक सुमन वाइबा लगातले बेजोड प्रस्तुती दिएका थिए । साथमा कमेडियन तथा स्थानिय कलाकारको समेत प्रस्तुती रहेको थियो । कार्यक्रमलाई थप उत्साहजनक बनाउन उत्तरगयाबासी तथा रसुवाका विभिन्न स्थान, छिमेकी जिल्ला नुवाकोटबाट समेत दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण भने सुदिन दोङले गरेका थिए ।
रसुवा जिल्लामा रहेको सामाजिक एवम साँस्कृतिक पर्यटनलाई अभिवृद्धि गर्ने उदेश्यका साथ उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा तामाङ समुदायको रहनसहन, सँस्कार सँस्कृतिलाई उजार गर्न यस्ता कार्यक्रमहरुले सहयोग गर्ने पुया्एको बताउँछन् । साथै यस कार्यक्रमले उत्तरगया गाउँपालिकाको मात्र नभई सिंगो रसुवा जिल्लालाई पर्यटकिय स्थलको रुपमा चिनाउन सघाउ पुग्ने आयोजकको बताए ।