×

फिकुरी वाङ्फेल सोसाइटी द्वारा अयोजित सोनाम ल्होछार सास्कृतिक कार्यक्रम सम्पन्न


 


लाङटाङ खबर 
२०७९ माघ ८ गते

लाङटाङखबर/काठमाडौं। तामाङ समुदायको नयाँ वर्ष मञ्जुश्री संवत २८५९ औं सोनाम ल्होछार ( ह्योइ ल्हो) को अवसरमा उत्तरगया गाउँपालिका खाल्डेमा ल्होछार कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता फिकुरि वाङफेल सिसाइटिका अध्यक्ष सोमराज तामाङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा रसुवा जिल्ला निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य माननीय ई. मोहन आचार्य ज्यु रहेका थिए । 
कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको बजोड प्रस्तुती रहेको थियो । कार्यक्रममा प्रस्तुती दिनका लागि रास्ट्रीय कलाकार कमल खत्री मेन्दोमाया गायक एवम नायक राजकिङ वाइबा, म्हेन्दोमाया तथा दोहोरि गायिका सिता तामाङ रसुवालि म्हेन्दोमाया गायक शिशिर थोकार लगातले बेजोड प्रस्तुती दिएका थिए । कार्यक्रमलाई थप उत्साहजनक बनाउन उत्तरगयाबासी तथा रसुवाका विभिन्न स्थान, छिमेकी जिल्ला नुवाकोटबाट समेत दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण भने अन्जलि लोप्चान र गणेश श्रेष्टले गरेका थिए ।
रसुवा जिल्लामा रहेको सामाजिक एवम साँस्कृतिक पर्यटनलाई अभिवृद्धि गर्ने उदेश्यका साथ उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा तामाङ समुदायको रहनसहन, सँस्कार सँस्कृतिलाई उजार गर्न यस्ता कार्यक्रमहरुले सहयोग गर्ने पुया्एको बताउँछन् । साथै यस कार्यक्रमले उत्तरगया गाउँपालिकाको मात्र नभई सिंगो रसुवा जिल्लालाई पर्यटकिय स्थलको रुपमा चिनाउन सघाउ पुग्ने आयोजकको बताए ।

सम्बन्धित खवर