×

आर्थिक सहयोगको अपेक्षा


लाङटाङखबर 
२०८० वैशाख ११ गते 

लाङटाङखबर/काठमाडौं।रसुवा जिल्ला उत्तरगयाँ गा पा वडा नं १ गोगने का राम तामाङको मृत्यु पश्चात उनको परिवारमा आर्थिक संकट परेको छ । गत वर्ष मोटरसाईकल दुर्घटनामा परी मृत्यु  भएको थियो । उनको मृत्युपछि उनका २ छोरा र १ छोरीको अध्ययनमा समेत समस्या परेको छ । 
परिवारको आर्थिक अवस्था नाजुक रहेको हुँदा ती बालबच्चालाई माध्यमिक तहसम्मको अध्ययनका लागि आर्थिक सहयोग जुटाउने कार्य गाउँलेबाट भइरहेको छ । साथै सहयोग गर्न चाहने सहयोगी मनहरुलाई मृतक तामाङकी श्रीमती तेन्जी घलेले आग्रह गरेकी छिन् । 
तेन्जीले आफ्नो नाममा रहेको हिमालयन बैंकको खाता नं ०४४०५३९३२२००१७ मा सहयोग स्वरुपको रकम हाल्न अनुरोध गरेकी हुन् ।

सम्बन्धित खवर