रसुवा उत्तरगया , खड्कु - काठमाडौं बस सेवा सञ्चालनमा
लाङटाङ खबर
२०८०/०१/१३ गते
लाङटाङखबर/काठमाडौं - रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं २ स्थित खाड्कु – काठमाडौं बस सेवा सञ्चालनमा आएको छ । टिमुरे यातायात प्रा.लि. र पासाङ ल्हामु यातायात प्रा लि ले बस सेवा सञ्चालनमा ल्याएको उत्तरगया गाउँपालिकाका वाड २ अध्यक्ष टुकु प्रसाद सुवेदिले जानकारी दिएको छ ।
नेपाल विधुत प्रधिकरण २२० K V प्रसारण लाईन ,मथिल्लो मैलुङ जलविधुत आयोजना र उत्तरगया गा पा को सयुक्ता आयोजनमा समिति मार्फत बाटो मर्मत गरिएको थियो भने यस समितिका अध्यक्ष भने लोक बहादुर तमाङ रहेको थियो।
तमाङ्का भनाइ अनुसार डाँडागाँउ देखि दियाले ,कटुन्जे ,ओखरफेद ,देउराली डाँडा ,बोङ्सीडाँडा र खड्कु सम्मा बस लैजानको लागि गाउका युवाहरु को सयुक्ता पहलमा यो कार्य हुन सफल भएको तमाङको भनाइ छ्।
२०७३ सालबाटै सडक विस्तारको कार्य अघि बढेपिन गाउँमा बस सेवा भने यहि वर्षबाट सञ्चालनमा आएको हो ।यस अघि सिरुचेत, खाड्कु, देउरालि, ओखरफेद, कटुन्जे, गोर्खटार बासिलाइ बस सेवा लिन डाडागाउ स्थित पुग्नुपर्ने बाध्यता थियो । गाउँमा बस सेवा सुरु भएसँगै उत्तरगया गाउँपालिकाका वडा नं १,२ का स्थानियमा भने छुट्टै खुशी छाएको छ