गायिका पुजा तामाङले अभिनय गरेकी “पाल्मो” म्युजिक भिडियो सार्वजनिक
लाङटाङखबर
२०८० वैशाख १६ गते
लाङटाङखबर/काठमाडौं।भक्तपुर ।सिन्धुपाल्चोक जिल्लाबाट उदयकी गायिका पुजा तामाङले पहिलोपटक अभिनय गरेकी नयाँ तामाङ सेलो “पाल्मो” को म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको छ।शुक्रबार तामाङ सलो जगतमा अर्को नयाँ गीत गायिका पुजा तामाङकी आफ्नै अफिसियल युट्युव च्यानलबाट उक्त सेलो गीतलाई बजारमा ल्याएको हो।
* चैत बैशाख ह्रि खार्ला
* ङा जामे पाल्मो शिखरला।
* रिवन खिसी क्रा पेला
* नाम्सा क्योनला ङा जेबा।
* पाल्मो!पाल्मो! ङा पाल्मो!!
* आमाला तिङला ढुकढक्की ङा
* आपाला मि ला ङ्योल्मो ङा।
भने शुरुआत गरेर शब्द निर्माण गरेको युवा गायक तथा संगीतकार सुशील तामाङको शब्द, संगीत रहेको गीतमा गायिका पुजा बम्जनको आवाज रहेको छ।
भिडियो तर्फ भने चर्चित निर्देशक अजय स्याङतानले निर्देशन तथा कोरियोग्राफी तयार पारिएको म्युजिक भिडियोमा गायक स्वयम् ले मोड्लिङ गरिएकी छिन् ।भिडियोमा तामाङ नायक तथा मोडल इश्वर तामाङले पनि अभिनय गरेको छ।
म्युजिक भिडियोमा छायांकन विक्रम लामा मोक्तानको रहेको छ। म्युजिक भिडियोमा नरेन मोक्तानले सहायक कोरियोग्राफर गरेका थिए।। कलरग्राण्डिङ राजेन्द्र मोक्तान र पोष्टर विष्णु खड्काले तयार पारेका हुन् ।
अडियो गीतलाई जोगलाल लामाले एरेञ्ज गरेका हुन् । गीतको मिक्सिङ–मास्टरिङ दिपेश प्रधानले गरेको थियो