संखुवासभाको भोटखोलामा दुर्घटनामा पर्यो सिम्रिक एयरको हेलिकप्टर
लाङटाङखबर
२०८० वैशाख २२ गते
लाङटाङखबर/काठमाडौं।संखुवासभामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ।
संखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङको जिजिङ्खामा हेलिकप्टर दुर्घटनामा परेको हो।
उक्त हेलिकप्टर माथिल्लो अरूण जलविद्युत आयोजनाको सामान बोकेको उडेको थियो।
उक्त हेलिकप्टरमा ४ जना मानिस रहेको बताइएको छ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।