×

६ दिनदेखि सम्पर्क विहिन रसुवाकी जित माया तामाङ र ४ बर्षिय छोरा


 

 लाङटाङखबर 
२०८० असर ३१ गते 

लाङटाङखबर/काठमाडौं ।रसुवा , उत्तरगया गाउँपालिका वडा नं १ गौडाकी जित माया तामाङ विगत ६ दिनदेखि सम्पर्क विहिन भएकी छिन् ।  श्रीमान मान बहादुर तामाङ वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका १० महिना पुरा भएको छ। श्रीमान मान बहादुर तमाङ्ले  श्रीमती जित माया तमाङको नाममा बर्खा खर्च भनी पठाएको रकम लिन मिति २०८०/०३/२६ गते बेत्रावाती हिमालयन बैकमा  गएको थिइन ।  जित माया तामाङ सोही दिन देखि नै सम्पर्क विहिन भएकी हुन।श्रीमान मान बहादुर तमाङको कान्छो भाइ जित बहादुर तमाङ भाउजूको  खोजीमा आफन्त काहा पुगेपनि कुनै  पत्ता नलागेको मान बहादुर तमाङको भनाइ छ । आफन्त, साथीभाइ कतैपनि जित माया तमाङ्लाइ नभेटेपछि मान बहादुरको कान्छो भाइ जित बहादुर तामाङले  असार ३१  गते बेत्रावाती  प्रहरी कार्यलय समक्ष भाउजू  हराएकोबारे  रिपोर्ट लेखाएका छन् । २६ वर्षीया जित माया तमाङ र मान बहादुर तमाङको ४ वर्षीय  छोरा र ५ वर्षीय छोरी रहेको छ। 
यदि कोही कसैले जित माया तामाङ्लाइ देख्नुभएमा वा उनको बारेमा कुनै जानकारी भएमा मान बहादुर तमाङ समक्ष खबर गरिदिनुहुन अनुरोध छ । 
सम्पर्क न.‭९८४३१३७९०७

सम्बन्धित खवर