×

बाँदल माथिको सफर : गोसाईकुण्ड


उर्मिला गम्वा थारु

माघ १५, काठमाडौं- लकडाउनले लामो समय घरभित्रै बस्न बाध्य बनाएको समयमा कहिले र कहाँ जाम भन्ने भाको थियो । यो बन्दाबन्दीले घरभित्रै थन्काएको समयमा कहिँ रमरणी ठाउँ जान पाए हुने भाको थियो । आठ महिनाको घरभित्रको गुम्साहाटले आजित पारिसकेको जीवनलाई फ्रेस बनाउन मन लागि राखेको थियो ।

एक दिन अचानक भावनाको फोन आयो । त्यसैपनि घरमा नेटवर्क नटिप्ने त्यो दिन कहाँबाट हो कुन्नी फोन लाग्यो होला < भावनाले सोधिन उर्मु तिमी कहिले काठमाडौँ आउने अब ? रसुवा जाने हो ? भनेर सोधेसी मैले भने कसरी जाने दुईजना मात्र भावे ? बाटो नि थाहाँ छैन ।

भावनाले भनिन हाम्रो अफिसको स्टाफहरुसंग जाने उहाँले बाटो देख्नु भा छ रे । त्यसै पनि धेरै भयो कहिँ कतै गएका छैनौँ । फ्रेस हुँन्छौँ । मैले हुन्छ त भने तर घरबाट आउने बित्तिकै अस्तिको चैतमा हुने भनेको परिक्षा नौं महिना सरेर पुषमा हुने भयो चपेटा त्यसैको थियो । अनि त्यसैमाथि अफिसको पनि काम ।

भावनाले रसुवा जाने कुरा गरेपछि जाने त भने तर के कस्तो कति टाढा भन्ने कुरा केहि सोधेन मात्र जाने भनेपछि म पनि मन्जुरिनामा जनाईदिएको हो ।

परिक्षापछि जाने पक्का पक्की भएपछि हामी त्यसैको प्रतिक्षामा थियौँ भावे र म ।

जब रसुवाको लागि हामी दुई जनाले माघ २ गते बिहान छ बजे काठमाडौँ माछापोखरीदेखि गाडी चढ्यौँ अनि सुरु भयो हाम्रो रसुवाको यात्रा । यात्राले लगभग छ घण्टा लियो र हामी पुग्यौँ १२ बजेतिर धुन्चे । यहि धुन्चेसम्मको मात्र यात्रा थियो बसको त्यसपछि हिँडेर जानु थियो गोसाईँकुण्डसम्म ।

धुन्चे सानो बजार छ । तर पर्यटकीय हिसाबले यो बजार अब्बल पनि छ । गोसाईँकुण्ड जाने द्धारको पहिलो खुड्किलो नै यो धुन्चे बजार हो । त्यसैले आन्तरिक होस या बाह्य सबै जना यो बजारलाई छोएरै जानु पर्छ ।

पुगेको दिन त्यहिँ धुन्चे बजारमै रात काट्यौँ । हामी दुईजना मात्र थिएनौँ अरु साथीहरु पनि हामीसंग जोडिन रसुवा जिल्लाबाटै आईरहेका थिए र निर्णय भयो भोली तिर मात्र गोसाईँकुण्डको लागि हिड्ने भनेर । र हामीले त्यो रात त्यहिँ नै काट्ने निधो ग¥यौँ ।

भोली बिहानै हिँडेनम हामी । त्यहिँ रसुवाको साथी हुनु हुन्थ्यो लोकेन्द तामाङ जी उहाँले सबै गोसाईँकुण्डसम्मको यात्राको योजना बनाउनु भएकोले उहाँको समय अनुसार भावना र म चलिराखेका थियौ ।

हामी दुबैजना एक खालको जोस र जाँगर लिएर काठमाडौँ छोडेका थियौँ रसुवाको लागि गोसाईँकुण्ड भन्दै मनमा कनेकौँ कल्पनाका तस्विरहरु लिएर ।

भावना लाङटाङ खबरमा कार्यरत पत्रकार हुन । यहि खबरको अध्यक्ष हुनु हुन्छ लोकेन्द्र तामाङ ।

हामीहरु जम्मा जम्मी छ जना भयौँ । अनि ३:१५ मा हाम्रो यात्रा सुरुभयो गोसाईँकुण्डको । एकखालको उत्साह बोकेर हामी सबैको पाईला लम्किन थाले ।

वरपर पहाड बिचमा खोलाको कलकल बग्दै गरेको त्यो पानीको मधुर ध्वनी साँच्चै मन प्रफुल्लीत भयो । हाम्रो यात्राको लग्भग २:३० घण्टा हिँडेपछि हामीहरु खिम्ति पुग्यौँ । जहाँ एउटा होटल रहेको छ । रात झमक्क पर्न थालिसकेको थियो । उज्यालो हल्का धमिलो भैसकेको थियो । हामीहरु बस्ने कि माथिसम्म जाने भन्ने कुरामा अन्योलमा प¥यौँ ।

त्यो होटेलको दाइले राम्रो गरि सुझ्याउनु भयो । बस्नु हुन्छ भने यहिँ बस्नु हैन जान्छुँ भन्नु हुन्छ भने ३ घण्टा हिँडेपछि मात्र अर्को होटल आउँछ चन्दनबारीमा । हुन त एकछिन हिडेसी अर्को होटल नी आउँछ देउराली तर त्यो आज बन्द छ भन्नु भयो ।

खासमा हाम्रो योजना पनि देउरालीमा गएर रात बिताउनु थियो तर खिम्ती पुगेपछि मात्र थाहाँ भयो कि देउराली बन्द छ भन्ने कुरा ।

हामीहरु के गर्ने नगर्ने भयौं, हिँडौँ भने ९ बजे राती पुग्छौँ । हिँडेन भने भोली झन सास्ती हुन्छ । अनि जाने निधो ग¥यो ।

रातीको समय जंगलको गोरेटो बाटो । डर पनि लागि राखेको छ तर हिँडन भने छोडेनम । लगातार हिँडि रह्यौँ । कतिखेर चन्दनबारी पुग्छौँ होला भन्दै सबैजनाको गतिशील पाईला बढि नै रहे । बाटो बाटोमा चौरी गाई पनि भेट्यौँ । डर पनि लाग्यो तर तिनीहरु त्यो अन्कन्टार जंगलको सहारा पनि बने ।

हाम्रो गतिले थाहाँ हुन्छ कि हामी कसरी हिँड्यौँ होला त्यो जंगलको बाटो २ मिनेट ३ मिनेट थाकाई मार्दै तर नभन्दै समयमै ठ्याकै ९ बजे तिर चन्दनबारी ३०५०मिटर पारगरि आईपुग्यौँ ।

जब आफ्नो गन्तव्यको छेउमै आई पुग्छौँ तब खुसिको सिमाले पनि नेटे काट्छ रे हो साचैँ नै हामी त्यस्तै भएका थियौँ । भन्छन् नी स्वर्गा अनुभुति त्यस्तै भएको थियो हामी सबैलाई । मेरो लागि सबै भन्दा खुसीको कुरा त के थियो भने ओहो अब चाँही बाँचियो है ।

लगातार छ घण्टाको हिँडाई पछि हामीहरु चन्दनबारी पुगेका थियौँ ।

अँध्यारो जंगलले अनेक शब्द बोलेकै हुन तर त्यसलाई मध्यनजर गरेरै हिँडेका हौँ हामीहरु ।

त्यहाँ पुगेर चन्दनबारीको शेर्पा होटेलमा बस्यौँ । खिम्ती पुगेको बेला त्यो होटलको दाइले शेर्पा होटलमा फोन गरेर जानकारी दिनु भएको थियो कि छ जना आईराखेका छन् भन्ने कुरा जसले गर्दा त्यहाँ पुग्ने बित्तिकै सबै कुराको बन्दोबस्त भैसकेको रहेछ ।

त्यो होटलको संचालन माया तामाङ र सोनाम शेर्पाले गरेका छन् । श्रीमान श्रीमतीको सहकार्यमा त्यो होटेल संचालनमा रहेको र लगभग त्यो होटल २०,२५ बर्ष पुरानो रहेको बताए सोनाम दाइले । बुवाले खोल्नु भएको र आज यस्को जिम्मेवारी हामी माथि छ भन्नु हुन्छ सोनाम दाइ ।

शेर्पाली होटलको न्यानो स्वागत र मिठो भोजनले हाम्रो थकानलाई बिश्राम लिन बाध्य नै पा¥यो । त्यो ठाउँमा सबै खाद्यनका चिजहरु खच्चरबाट नै आउँदो रहेछ त्यसैले त सादा खानाको पनि नौ सय बराबरको सेवा लिएबापत तिर्नु प¥यो ।

हामै्र लागि भनेर बस्ति नभएको ठाउँमा होटल खोल्नु भएको छ त्यहि भएर पनि होला त्यति रकम बुझाउँदा मनखत नलागेको ।

भोली बिहानै निन्द्राले छोड्यो तर हुस्सुले ढपक्के ढाकेको त्यो डाँडालाई छोडेन । चिसो माघको मौसम त्यहि भएर पनि होला ओछ्यानको न्यानोपन छोड्नै मन नलागेको ।

बिहानीको स्वागत कालो तातो चियासंगै भयो । त्यो चिसो मौसममा तातोपनले सहारा बनेरै साथ दियो । साथै मायाको चिनो भनेर मलाई शेर्पाली दाइ सोनाम शेर्पाले सानो किरिङ पनि दिनु भयो । हेर्दा कुटुक्क परेको हातले बुनेको सानो मोजा आकारको किरिङ । मनै प्रफुल्लीत भयो त्यो मायाको चिनो पाउँदा ।

चन्दनबारीसंग बिदावारी लिएर हाम्रो यात्रा फेरी सुरु हुन्छ गोसाईँकुण्डको । केहि बेरको यात्रापछि विहानीको त्यो झिस्मिसे देखिने हुस्सलाई चिर्दै घामको किरण हामीलाई पछ्याउँदै आईपुग्यो ।

त्यो घामको किरणले साँचै भन्नु पर्दा प्रकृतिको सुन्दरतालाई अझैँ निखारेर हामी माझ पस्किदियो । एक घण्टाको यात्रा पार गरिसकेपछि जुन दृष्य मेरो सामु आयो म कसरी बयान गरुँ । एक लटले हेरिरहेँ कराउँदै चिच्याउँदै वाउ भन्दै ।

प्रकृतिको सुन्दरताको आभाष पहिलो पल्ट त्यति नजिकबाट गर्ने मौका पाएँ । साँचै भन्नु पर्दा सारै सुन्दर हुँदो रहेछ त्यो सुन्दरता जसमा कुनै बनावटी हुँदैन । टप्प टिपेर स्वर्गको एक टुक्रा मानवरुपी बस्तीको शोभा बढाउँनलाई त्यहाँ ल्याएर छोडे जस्तो ।

निलो आकाश र धर्तीको मिलन भएको त्यो दृष्य अनि बादलमाथि टुपुक्क आएर बसे जस्तो लाङटाङ हिमाल त्यो मोहित पार्ने प्रकृतिको मोहमा लुट्पुटिदैँ थियौँ हामीहरु ।

म मख्ख परे । सम्म भुभागमा जन्मे हुर्केको मान्छेलाई पहाड, हिमाल भन्दा त्यसै मोहित हुने, म पनि त्यस्तै भएँ । हाम्रो घरदेखि हेर्दा पहाडको नक्सामात्र देखिन्छ । त्यसैले पनि होला हिमाल पाखा पहाड देख्ने बित्तिकै नौलो नै लाग्छ । 

यति धेरै सुन्दरता मैले प्रकृतिको पहिलो पल्ट आफू सामु पाएँ । म तराईबासी कहिले देखेको थिएन त्यो खालको सुन्दरता । देखेको थिए त मात्र सामाजिक संजालहरुमा, सिनेमामा ।

झनझन माथि टेक्दै गयौँ झनझन उनी सुन्दर देखिईन् । मेरो बयानले पनि त्यो सुन्दराताको त्यति जिकिर गर्न सक्दैन होला जति ती प्रकृति थिईन ।

मेरो मनमा, मस्तिष्कमा सबैतिर त्यो चित्र क्यानभासमा उतारे सरि उतारे अनि आफ्नो क्यामेरामा पनि उतार्न हतोउत्साहित भएँ अनि कैद गरेँ ।

निलो आकाश माथि, तल हेर्दा सेतो रुई जस्तो देखिने बादलको त्यो सुन्दरता सोँच्नुस त कति सुन्दर अनि मनमोहक देखियो होला ? स्वर्ग कस्ले देखेको छ र तर स्वर्ग छ भने पनि सायद यस्तै सुन्दरताले भरिएको हुनु पर्छ ।

प्रेममा म त्यसको फँसिसकेको थिएँ । मेरो मुखबाट शब्द मात्र वाउ! वाउ! भन्ने घरि निस्किँदा सायद छेउको मान्छेलाई सकस पनि भयो होला तर त्यो प्रेमिल दृष्य देखेर पनि प्रेममा को फस्दैन होला ।

चन्दनबारीदेखि ३ घण्टाको यात्रापछि हामी ३९५० मिटरको दूरिपार गरि लौरिबिनायक पुग्यौँ । त्यहाँ ३ वटामा एउटा होटेल खुलेको थियो । त्यहिँ एकछिन यात्राको बिटमारेर खाना खाएर निस्किने निधो गरेम ।

लौरीबिनायकमा हामीसंग साहारा बनेर आएको लौरी छोडेर जानु पर्छ भन्ने जनविश्वास रहेको छ । “आस्था र विश्वासले बिना लौरीको पनि हामी गोसाईँकुण्ड पुग्न सक्छौँ भनेर लौरी त्यहिँ छाडेर जाने” गरेको कुरा लौरीबिनायक होटल व्यवसायी दाइ धिन्दुप शेर्पाले बताए । तर हामीहरुले हाम्रो लौरी गोसाईँकुण्ड सम्मै लग्यौँ ।

लौरीबिनायकबाट खाना खाएर फेरी हामी गोसाईँकुण्डको लागि निस्किएम । शेर्पा दाइलाई सोधेम दाइ अब कति समय लाग्छ पुग्न उहाँले भन्नु भयो साँझ ५ बज्छ होला । हामीहरु यताउता नअल्झिकनै आफ्नो गन्तव्यतिर लाग्यौँ । हैन भने फेरि रात पर्छ भनेर सरासर हिँड्न सुरु ग¥यौँ त्यो ठाडो उकालो ।

लौरीबिनायक देखि केहि दूरिको यात्रापछि बुद्धमन्दिु आउँछ । त्यहाँ थुपुक्क बसेर उत्तरमा टल्किरहेको लाङटाङ हिमाल अनि आकाश गंगाले धर्तीलाई चुमेको त्यो दृष्य साँच्चै नै लोभलाग्दो देखिन्छ ।

नभन्दै हामी समयमै पुग्यौँ ५ बजे । होटल एउटा खुलेको थियो त्यहाँ पनि । हरेक ठाउँ यसरी नै होटलहरु खुलेका थिए । पाँच दिन दश दिनको समयतालिका बनाएका रहेछ पालैपालो ।

रातीको समयमा जाडोको मात्र शून्य डिग्रीमा झर्दो रहेछ । चारैतिरबाट हावाको बबन्डरको आवाज टाँठो गरि कानमा ठोक्कीँदै थियो तर त्यो रात मौसमले हावाको बेग्रताभित्र पनि न्यानोपनको महशुस गरायो ।

भोली बिहान जब घामको किरणले गालालाई चुम्दै सारा ज्यानभरि फिजियो त्यो प्रेमील भावलाई कसरी व्यक्त गरुँ । सन राईज भएको त्यो पनि नजिकबाट हेर्न मन कस्को हुँदैन र त्यो सौन्दर्यको सेयर जो कोहीले पनि गर्न चाहान्छ ।

कुण्डको पानी हेर्न गएका थियौं । तर बिहान उठे पछि त्यो तालाप ठोषवस्तुमा परिणत भएको थियो जमेर बरफ भएको थियो । एकछिन त त्यसैमा झुम्मिएम खेलेम त्यो हिँउलाई फोरेम त्योसंगको सम्बन्धलाई प्रगाढ बनाउन खोजेम ।

अब त्यहाँ बिटमार्ने समय पनि नजिकिदैँ थियो । त्यो दृष्य कैद गर्न तछाडमछाड गर्दै सबैजना लागि परेका थियौँ । मन भरिएको थिएन तर समयले पनि हामीलाई नपर्खिने संकेत दिएपछि हामीहरु ११ः३० बजेतिर ओरालिने निधो गरेम र ओरालिएम पनि ।

पन्ध्र घण्टाको सकस र उत्साहित यात्रा पार गरेर गोसाईकुण्ड पुगेका थियौं हामी । र त्यसरी नै लगातार नौ घण्टाको सकसपूर्ण यात्रा लिएर हामी वेग्र गतिमा ओर्लिएका थियौं  ति ओरालीहरुमा । रातको ९ बजे बल्ल हामी धुन्चेस्थित नमस्ते गुसार्ईकुण्ड होटलको ढोकामा पुग्यौं ।

शान्त ठिङ्ग उभिए जस्तो देखिने अन्कन्टार पहाड अनि राती सुसेली हाली सुुसाई रहेकी कलकल कलकल बगिरहेकी खोलाको किनारा हुँदै तलतिर पुग्यौँ ।

ज्यान छपक्कै पसिनाले भिजेको त्यति चिसोमा अनि ज्यान र खुट्टाको पिडा सहि नसक्नु भएर त्यो रातको निन्द्रा त्यसै खेर पनि गयो । कोल्टे पनि फेर्न नसक्के गरि पिडाले छोएको थियो । यो पिडाले सातायो चार पाँच दिनसम्म तर जब ति सुन्दर प्रकृतिको मोहित पार्ने दृष्य याद आउँछ सबै बिर्सिन्छ ।

यो समयमा हिँउले ढपक्क ढाकेर सेताम्य हुनु पर्ने तर डाँडाहरु रुखो सुखो देखिदै थिए । विश्व तापक्रमको मात्रलाई नजिकै ल्याई सकेको भान भयो यो दृष्यले जहाँ हिउँ हैन रुखो डाँडा देखियो ।

तर जे भएपनि हिउँलाई छुन गएको हामी बादलमाथिको सफर गरेर आयौँ । गोसाईँकुण्डको त्यो सुन्दर यात्रा साँच्चै बिर्सिन नसकिने पलमा दर्ता भयो । प्रकृति मोह । मेरो जीवनको अभिन्न सम्झनामा कैद भयो गोसाईँकुण्ड ।

#गोसाईँकुण्ड

 

 

सम्बन्धित खवर